कला

कलाकार र मोडल एउटै र्‍याम्पमा

काठमाडौ – नेपाली फेसन बजारमा अन्तर्राष्ट्रिय स्तरको फेसन शोका गतिविधि भइरहँदा यस्तै किसिमको अर्को एक फेसन सो हुने भएको छ । नेक्स्ट मोडल नेपालको आयोजनामा ‘ट्रेसमी दलजीत सुदान रन वे २०१८’ नामक अन्तर्राष्ट्रियस्तरको फेसन सो हुन लागेको हो।

नेपाली कपडाको प्रवद्र्धन तथा नेपाली पहिरनलाई विश्वसामु पुर्‍याउने उद्देश्यले आगामी मे २५ मा फेसन सो हुन लागेको हो । फेसन डिजाइनर दलजित सुदानले ‘म्याजिक अफ जफ्रान’ थिममा तयार पारेका फेसनका डिजाइनहरूलाई कलाकार तथा मोडलले र्‍याम्पमा प्रस्तुत गर्नेछन्।

सोका लागि आयोजकले अडिसनबाट १० महिला र ८ पुरुष गरी १८ मोडल छानिसकेको छ । संस्थाकी निर्देशक यतना पाण्डेले छानिएका मोडलसँगै आधा दर्जन सेलिब्रेटी पनि र्‍याम्पमा देखिने जानकारी गराइन्।मोडललाई दलजित सुदान, दिक्पाल कार्की, नग्मा श्रेष्ठ, रचना गुरुङ, रोजिन शाक्य, आस्था पोखरेल, रिया मल्लको निर्णायक समितिले छनौंट गरेको हो ।
 

प्रकाशित: ५ वैशाख २०७५ ०३:३६ बुधबार

कलाकार मोडल एउटै र्‍याम्पमा