कला

सडक दुर्घटनामा अस्ताए २३ वर्षका चर्चित अभिनेता

चर्चित भारतीय टिभी अभिनेता अमन जैसवालको मुम्बईमा सडक दुर्घटनामा मृत्यु भएको छ। उनी २३ वर्षका थिए। अमनले टिभी सिरियल 'धरतिपुत्र नन्दिनी' मा मुख्य भूमिका निर्वाह गरेका थिए। 

शुक्रबार दिउँसो, जोगेश्वरी रोडमा मोटरसाइकल चलाइरहेका बेला उनको बाइकलाई ट्रकले ठक्कर दिएको थियो। अम्बोली प्रहरी चौकीका एक अधिकारीले जैसवाललाई कामा अस्पताल पुर्‍याउँदा चिकित्सकले उनको मृत्यु भएको घोषणा गरे। 'धरतिपुत्र नन्दिनी' का लेखक धीरज मिश्राले यस दुखद घटनाको पुष्टि गरेका छन्। 

उनले अमन जैसवाल अडिसनका लागि जाँदै गरेको बताए। सामाजिक सञ्जालमा धीरज मिश्राले अमनलाई श्रद्धाञ्जली दिँदै लेखे, 'तिमी हाम्रो सम्झनामा बाँच्नेछौ। कहिलेकाहीँ भगवान कति निर्दयी हुन सक्छन्, आज तिम्रो मृत्युले मलाई महसुस गराएको छ। अलबिदा!' अमनको असामयिक निधनमा उनका सह-कलाकार र फ्यानहरूले सामाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन्। 

को थिए अमन जैसवाल?
अमन जैसवाल उत्तर प्रदेशको बलिया जिल्लाका थिए। उनले 'धरतिपुत्र नन्दिनी' बाहेक सोनी टिभीको शो 'पुण्यश्लोक अहिल्याबाई' मा यशवन्त राव फणसेको भूमिका निभाएका थिए, जुन जनवरी २०२१ देखि अक्टोबर २०२३ सम्म प्रसारण भएको थियो। उनले आफ्नो अभिनय करियर मोडलिङबाट सुरु गरेका थिए। उनले 'उडारिया' नामक शोमा पनि काम गरेका थिए।

प्रकाशित: ५ माघ २०८१ ०६:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App