कला

माछापुच्छ्रे परोपकारी संस्थाको विविध कार्यक्रम

माछापुच्छ्रे परोपकारी संस्था लाहाचोक कास्कीले दसैंमा अलगअलग दुई कार्यक्रम  गरेको छ। उक्त कार्यक्रम विद्यार्थीहरूलाई खेलकुद तथा शैक्षिक सामाग्री वितरण, सम्मान एवं सहयोग रकम हस्तान्तरण कार्यक्रम रहेको छ।

पहिलो कार्यक्रमअन्तर्गत कास्की जिल्लाको घाचोकस्थित जनजागरण प्राविमा ५० विद्यार्थीलाई १३ हजार रूपैयाँ बराबरको सामाग्री वितरण गरेको थियो।

उक्त कार्यक्रम संस्थाका संरक्षक पूर्णबहादुर शाही नर्वेको मुख्य र संस्थाकी सदस्य देवी तिवारीको विशेष प्रायोजनमा भएको हो।

दसैं आगमनको पूर्वसन्ध्यामा विद्यार्थी, अभिभावक र शिक्षकहरूबिच शुभकामना आदानप्रदान गरिएको थियो।

आमन्त्रित अतिथि वक्ताहरू राजिव पहारी, पूर्व डिएसपी राजेन्द्र अधिकारी, स्थानीय समाजसेवी पदम नेपाल लगायतका वक्ताहरूले माछापुच्छ्रे परोपकारी संस्थाबाट गरिएका थुप्रै कार्यबाट आफूहरू निकै प्रभावित भएको बताए। कार्यक्रम सुशील श्रेष्ठको सञ्चालन र प्रदिप जिसीको अध्यक्षतामा भएको थियो।

यसैगरी संस्थाले  विपन्न तथा वयोवृद्ध टेकबहादुर सुनारलाई १२,१११ रूपैयाँ सहयोग गरेको छ। दसैंकाे खुसीयालीमा भएको कालरात्रि साँझ २०८१ मा भाग लिएका तीन दर्जन बालकलाकार र कार्यक्रम सफल  बनाउन विशेष सहयोग गर्ने एक दर्जन सहयोगीलाई पनि प्रशंसापत्रले सम्मान गरेको छ।

कार्यक्रममा चर्चित गायिका समीक्षा अधिकारी, लोकदोहीरी गायक श्रीराम अधिकारी, जीवन दाहाल, गायिकाद्वय पार्वती जीसी, तुलसा जिसी, उदीयमान गायक दिपेश नेपाली लगायत स्थानीय कलाकारहरूले आआफ्नो प्रस्तुति दिएका थिए।

मान्द्रे गैचौर टोल सुधार समिति र कोटमौला समितिको आयोजना, माछापुच्छ्रे परोपकारी संस्थाको समन्वयमा सम्पन्न सो कार्यक्रम पानबहादुर जिसीको व्यवस्थापन र राजु क्षत्री अपुरोको संयोजन र भिमबहादुर जिसीको अध्यक्षतामा भएको थियो।

प्रकाशित: २८ आश्विन २०८१ १३:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App