कला

‘शारदीय काव्य उत्सव-२०८१’ सम्पन्न

त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजना र कौशला लामिछाने स्मृति कोषसँगको सहकार्यमा शारदीय काव्य उत्सव-२०८१ सम्पन्न भएको छ। एपेक्स विजनेश होटल एयरपोर्टमा भएको कार्यक्रममा कौशला लामिछानेको ‘मनोभाव’ गजलसङ्ग्रहको लाेकार्पण गरिएको थियो।

शारदीय पर्व दशैं, तिहार र छठ पर्वको शुभकामना र अतिथि कविका कविता वाचन गर्ने कार्यक्रमको मुख्य उद्देश्य रहेको त्रिशूली वाङ्मय प्रष्तिष्ठानका अध्यक्ष आर.एम. डंगोलले बताए। तीन घण्टे कार्यक्रममा २४ अतिथि कविले कविता वाचन गरेका थिए।

गजलकार प्रभाती किरणले प्रकाशित कृतिबारे र श्रीहरि फुयाँलले वाचित कविताहरूकाे सटिक टिप्पणी गरेका थिए।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व उपकुलपति प्राडा जगमान गुरुङको प्रमुख आतिथ्य र वरिष्ठ कथाकार भागीरथी श्रेष्ठ विशेष आतिथ्यमा कार्यक्रम भएको थियो।

प्रकाशित: १८ आश्विन २०८१ १२:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App