कला

हङकङमा पनि ‘अशान्त धड्कन’

हङकङ साहित्यिक साझा शृङ्खलाले मुक्तककार कल्पना काफ्लेको मुक्तकसङ्ग्रह ‘अशान्त धड्कन’ को हङकङमा लाेकार्पण गरेको छ।

हङकङ साहित्यिक साझा शृङ्खलाका संयोजक रमण गुरुङको अध्यक्षता र हङकङका लागि नेपाली उप वाणिज्य दुत भोजकुमार भट्टराईको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा कार्यक्रमका सभाध्यक्ष गुरुङ, प्रमुख आतिथि भट्टराई, संस्थाका सल्लाहकार वरिष्ठ साहित्यकार दाजु गुरुङ, डा. विभाकर शाक्य, रीता गुरुङ, टीका गुरुङ, कल्पना काफ्लेका श्रीमान् कृष्णप्रसाद आचार्य, नेपाल वायुसेवा निगम हङकङका मेनेजरहरू- सुनिल श्रेष्ठ, विजय अधिकारी लगायतले उक्त कृतिको लोकार्पण गरेका हुन्।

उक्त कार्यक्रममा वरिष्ठ समालोचक डा.अशोक थापा र जानु काम्बाङले पुस्तकको समीक्षात्मक टिप्पणी गरेका थिए। कार्यक्रममा साहित्यकार कमल पौडेल, पत्रकार अनोज रोक्का, बज्र थुलुङ राई लगायतका कृतिकाे चर्चा गर्नाका साथै रचना वाचन गरेका थिए।

केही समयअघि विएन बुक्स काठमाडौंले प्रकाशन गरेकाे अशान्त धड्कन नेपालका साथै दुबईमा पनि लाेकार्पण भइसकेको मुक्तकसङ्ग्रह हो। मुक्तककार काफ्लेले केही मुक्तक वाचन गर्दा वान्स मोर भनेर हुटिङ गरेको दृश्य निकै लोभलाग्दो थियो। 

प्रकाशित: १४ आश्विन २०८१ ०९:५९ सोमबार