कला

बुद्धको मन्दहास

कविता

ठ्याक्कै ठिक त कहिल्यै हुन्न

तैपनि भन्छु म ‘ठिकै छु’

ठिक छु भन्ने विश्वास दिन

सबसित हाँस्दै पनि हिँड्छु।

झुट नबोली पनि कति सजिलै

दुनिया ढाँट्छु म दैनिक नै

यस्तै नै हो दुनियादारी

चल्छ त आपसमा ढाँट्दै।

कामचलाउ हुन्छ त जीवन

झुटो हाँसो लेपनमै

साँचो हाँसो खोज्ने कष्ट

गर्छ कसले किन व्यर्थै?

सबको मुखको मिथ्या हाँसो

ठम्याइ अति दुःखित भई

साँचो हाँसो खोज्न त निस्क्यो

गौतम एउटा मात्रै।

प्रकाशित: २६ श्रावण २०८१ ११:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App