कला

फिल्म 'कल्ली' बाट पहिलोपटक एकसाथ देखिँदै पल र बेनिशा

पल शाह र बेनिशा हमालको शीर्ष भूमिकामा फिल्म 'कल्ली' निर्माण हुने भएको छ। मंगलबार पोस्टर सार्वजनिक गर्दै यो फिल्मको निर्माण घोषणा गरिएको हो।

सार्वजनिक पोस्टरमा पल र बेनिशा क्यारेक्टर लुक्समा छन्। पललाई एंग्री अवतारमा देखाइएको छ भने बेनिशाको अवतार केही भिन्न छ।

फिल्ममा पल र बेनिशाले पहिलोपटक सहकार्य गर्न लागेका हुन्।

यो फिल्म रेड बर्ड प्रोडक्सन र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको हो। प्रस्तुतकर्तामा किरण नेपाली छन्।

तिहारपछि छायांकन सुरू हुने फिल्मलाई  कर्णाली प्रदेशका विभिन्न रमणीय स्थानमा खिचिने बताइएको छ। 

प्रकाशित: १५ श्रावण २०८१ ११:५५ मंगलबार

#Benisha Hamal #Flim Kalki #Paul Saha