कला

भेनिसमा प्रदर्शन हुँदै ‘पूजा, सर’

विश्वकै पुरानो मानिने ‘भेनिस चलचित्र महोत्सव’ को ‘ओरिजोन्टी सेक्सन’ मा नेपाली चलचित्र ‘पूजा, सर’ छनोट भएको छ ।  

छायाङ्कनका क्रममा ‘राजागञ्ज’  नाम राखिएको चलचित्रको नाम परिवर्तन गर्दै निर्देशक दीपक रौनियारले ‘पूजा,सर’ राखेका हुन । आगामी भदौ १२ देखि २२ गतेसम्म चल्ने महोत्सवको ८१औँ संस्करणमा चलचित्रको छनोटको खबर पाएसँगै यसलाई सुखद यात्राको आरम्भका रुपमा निर्देशक रौनियारले व्याख्या गरेका छन्।

‘अघिल्ला चलचित्र झैँ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवबाट प्रदर्शनी (वल्र्ड प्रिमियर) प्रारम्भ हुँदैछ, यसपटक नेपाली निर्मातासँग सहकार्य गरेर बनाएको चलचित्रले विश्व चलचित्र मञ्चमा कस्तो यात्रा गर्ला रु यसको प्रतीक्षा मलाई पनि उत्तिकै छ’, निर्देशक रौनियारले भने।

यसअघि सन् २०१६ मा उनकै ‘ह्वाइट सन’ले यही विधामा छनोट हुने पहिलो नेपाली चलचित्रको इतिहास रचेको थियो । गत वर्ष भने फिडेल देवकोटाले निर्देशन गरेको ‘द रेड सुटकेस’ छनोट भएको थियो ।

विश्व बजारमा प्रदर्शन गरिसकेपछि मात्रै नेपाल प्रदर्शन गर्ने तयारी गरिएको चलचित्र ‘पूजा, सर’लाई ‘थ्रिलर’ विधामा तयार गरिएको छ । जनकपुरमा छायाङ्कन गरिएको चलचित्रमा महिला प्रहरीको कथा समेटिएको छ । यसमा अभिनेत्री आशा मगराती, अभिनेता दयाहाङ राई, पूर्वमिस नेपाल निकिता चण्डक, आरती मण्डल, रिचा शर्मा, विजय बराल, गौमाया गुरुङ, निरज श्रेष्ठ, पशुपति राईलगायत कलाकारले अभिनय गरेका छन ।  

प्रकाशित: ९ श्रावण २०८१ १३:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App