कला

अभिलाषा

कविता

तिम्रो

अजस्र सम्मानको ओतले

मेरो हृदय आकाशको खुसी

लतपत नभए पनि

अन्तरमनका दुर्घटित सपनाहरू

क्रमशः

उकालो चढिरहेछन् सौम्य संसारतिर।

छिचोल्दै नागबेली गोरेटाहरू  

ममा वशीभूत भएर

तिमी यथार्थमा आएका छौ!

तिम्रो अनुपस्थितिमा

विचलित छ यो मन

तिम्रो स्पर्शको अभावले

बढोत्तरी भएको छ  

अक्षुण्ण वेदना।

कैयौं पटक

धोएकी छु

आफ्नै मथिङ्गलका हजारौं विकृतिहरू!

तिमी स्वीकार गर या नगर  

मेरो मुटुको प्रिय धुन!

मेरा लागि त

तिमी नै हौ-क्षितिजको जून।

प्रकाशित: २ फाल्गुन २०८० ०७:३९ बुधबार