कला

भाईको विवाहमा खुशीले झुमे सलमान

सलमान खानका भाई एवं बलिवुड अभिनेता अरवाज खान विवाह बन्धनमा बाँधिएका छन्। अरवाज खानले आफ्नै मेकअप आर्टिस्ट शुरा खानसँग विवाह गरेका हुन्। क्रिसमसको पूर्वसन्ध्याँमा खान परिवारमा वैवाहिक कार्यक्रम सम्पन्न भएको छ।

भाई अरवाजको विवाहमा सलमान खान समेत अन्य बलिवुड सेलिब्रेटी पनि सहभागी भएका थिए। 

बहिनी अर्पिता खानको घरमा आयोजित वैवाहिक समारोहमा रविना टन्डन, साजिद खान, फराह खान, गायिका हर्षदीप कौर लगायत अन्य सेलिब्रेटी पनि सहभागी भएका थिए। 

अरवाज र शुराको विवाहको केही भिडियो र तस्बिरहरू सामाजीक सञ्जालमा सार्वजनिक भएका छन्। जसमा सलमान खान निकै खुशी देखिन्छन्। 

प्रकाशित: ९ पुस २०८० ०७:५९ सोमबार

सलमान खान बलिवुड अभिनेता अरवाज खान विवाह बन्धन वैवाहिक कार्यक्रम