म लावण्य देशको नागरिक हुँ। म जागिरे थिएँ। मेरो देशमा समय कुद्थ्यो। हावा वेगले बहन्थ्यो। सवारी साधनहरू आआफ्नो गन्तव्यतिर निरन्तर कुदिरहन्थे।
समय क्रममा म विकसित मुलुकमा पुगें। जागिरे भएँ। समय मेरो देशको जस्तै कुदिरहेको छ। एउटा वेगमा हावा पनि उसै गरी कुदिरहेकै छ। सवारी साधनहरूको कुदाइ समेत उस्तै लाग्छ।
म मेरो देशको जागिरमा एकडेढ घण्टासम्म ढिलो पुग्दा पनि मतलब हुँदैनथ्यो। तर, परदेशमा एक मिनेट मात्र ढिलो हाजिर हुँदा समेत मैले कारण दिनुपर्छ।
-म्यामराज राई
प्रकाशित: ३ पुस २०८० ०७:१९ मंगलबार