कला

हिन्दी फिल्म ‘सलार’ काे गीतमा मेनुका पौडेलकाे स्वर

गायिका मेनुका पौडेलले भारतीय फिल्म ‘सलार’ मा गीत गाउँने भएकी छिन्।

आइतबार राती प्रसारित इण्डियन आइडलको पछिल्लो एपिसोडमा मेनुका स्वयमले भारतीय फिल्म  ‘सलार’ मा गीत गाएको जानकारी दिएकी हुन्।

पौडेलले भनेकी छिन्, ‘म आज एकदमै उत्साहित छु । किनभने, मलाई फिल्ममा गाउनका लागि अवसर मिलेको छ । यो ‘सलार’ फिल्मको गीत हो । यो मेरो पहिलो टर्निङ पोइन्ट हो।’,

सो एपिसोडमा मेनुकाले स्टुडियो पुगेर गीत गाएको अंश समेत प्रसारण गरिएको थियो। कार्यक्रममा उनलाई निर्णायकहरुले बधाई समेत दिएका थिए।

‘इन्डियन आइडल’को ‘टप १४’मा पुगेकी  उनलाई उपाधिको दाबेदारको रुपमा लिने गरिएको छ। उनले आइडलमा पछिल्लो समय उत्कृष्ट प्रस्तुति दिइरहेकी छन्।

प्रकाशित: २५ मंसिर २०८० ०६:५० सोमबार

गायिका मेनुका पौडेल फिल्म ‘सलार’ इण्डियन आइडल