काठमाडौं – ‘द सुपर मोडल नेपाल–२०१८’ बन्न ४७ जना मोडलहरू प्रतिस्पर्धामा उत्रिएका छन् । प्यासिफिक इभेन्ट एन्ड मेनेजमेन्टद्वारा आयोजित प्रतियोगिताको दोस्रो सिजनका लागि प्रतिस्पर्धीहरु हिजोआज प्रशिक्षणमा व्यस्त भएका छन् ।
प्रतिस्पर्धामा रहेका ४७ जनामध्ये एकजनाले सन् २०१८ को ‘द सुपर मोडल नेपाल’को उपाधि जित्नेछन् ।
‘द सुपर मोडल नेपाल’का प्रतियोगीलाई क्वाटवाकसँगै आत्मविकास सम्बन्धी प्रशिक्षण कोरियोग्राफर रोजिन शाक्यले दिइरहेका छन् ।
यसअघि प्रतिस्पर्धीको ‘फोटोजेनिक’ सबटाइटलका लागि फोटोसुट सम्पन्न भइसकेको छ । प्रतियोगिताको अन्तिम प्रतिस्पर्धा यही आउँदो ५ माघमा राजधानीमा हुने आयोजक संस्थाका अध्यक्ष फुपु तेञ्जिङ शेर्पाले बताए ।
प्रकाशित: २५ पुस २०७४ ०१:२३ मंगलबार