कला

लिलीबिलीको सुटिङ लण्डन र स्कटल्याण्डमा

काठमाडौंः मिलन चाम्सको निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘लिलीबिली’ को सुुटिङ लण्डन तथा स्कटल्याण्डमा भइरहेको छ । पछिल्लो समयका चर्चित नायक प्रदीप खड्का तथा प्रियंका कार्कीको मुख्य अभिनय रहेको फिल्म लिलीबिलीमा जसिता गुरुङ पनि मुख्यरुपमै देखा पर्दैछन् ।

फिल्म निर्माता तथा वितरकसमेत रहेका गोविन्द शाहीले लण्डन र स्कटल्याण्डका विभिन्न ठाउँमा सुुटिङ भइरहेको र करिब ३० प्रतिशत काम सकिसकेको जानकारी दिए । उनका अनुसार फिल्मको रिलिज चैत ३० गते गर्नेगरी सबै काम तीब्र गतिमा अघि बढाइएको छ । शाहीले भने, ‘चैत ३० मा फिल्म रिलिज गर्ने तयारी गरेका छौँ, काम गर्नै सकिएन र ढिला भैहाल्यो भने, वैशाख १४ गते रिलिज गर्छौँ ।’

बिग बजेटको भनिएको लिलीबिली फिल्म गोविन्द शाहीको काफिया फिल्मस, मिलन चाम्सको चाम्स इन्टरटेन्मेन्ट तथा सुदीप खड्काको सुदीप खड्का प्रोडक्सनबाट संयुक्त बन्न लागेको हो ।

 

प्रकाशित: ५ मंसिर २०७४ ०६:३० मंगलबार

लिलीबिलीको सुटिङ लण्डन स्कटल्याण्डमा