कला

फिल्म 'जारी' ले कमायो सय दिनमा १७ करोड १७ लाख ९५ हजार

फिल्म 'जारी' ले प्रदर्शनको १ सय दिन मनाएको छ। वैशाख १ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले शनिबार १ सय दिन मनाएको हो।

चलचित्र विकास बोर्डको अनुसार फिल्मले असार मसान्तसम्म १७ करोड १७ लाख ९५ हजार ग्रस कमाइ गरेको छ।

उपेन्द्र सुब्बाको लेखन तथा निर्देशन  रहेको फिल्ममा  दयाहाङ राई र मिरुना मगर मुख्य भुमिकामा छन्।

त्यस्तै फिल्ममा विजय बराल, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, कमलमणी नेपाल, पुष्कर गुरुङ लगायत कलाकारको अभिनय छ।

बासुरी फिल्म्स ब्यानरको फिल्मलाई रामबाबु गुरुङले निर्माण गरेका हुन्।

प्रकाशित: ७ श्रावण २०८० १३:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App