कला

पद्मश्री पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तकको सूची सार्वजनिक

खेमलाल हरिकला लामिछाने प्रतिष्ठानले पद्मश्री साहित्य पुरस्कार २०७९ का लागि पहिलो चरणमा उत्कृष्ट १५ पुस्तकहरुको विस्तारित सूची सार्वजनिक गरेको छ।

२०७९  सालमा प्रकाशित पुस्तकहरूमध्ये प्रतिष्ठानमा १८० पुस्तक प्राप्त भएकोमा ति मध्ये पहिलो चरणमा १५ वटा पुस्तकलाइ विस्तारित सूचीमा राखिएको छ।

दोस्रो चरणमा विस्तारित सूचीमध्येबाट उत्कृष्ट संक्षिप्त सूची (शर्ट लिस्ट) चयन गर्ने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानले जनाएको छ।  

प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेले विज्ञप्ति जारी गर्दै पहिलो चरणको उत्कृष्ट यिनै १५ पुस्तकहरुमध्येबाट दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची चयन गरिने र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने जानकारी दिएका छन् ।

विस्तारित पुस्तकको सूचीमा जानुका खतिवडाको आतोओडा, सुबिन भट्टराईको इजोरिया, विवेक ओझाको ऐँठन, गोपी सापकोटाको चिसो बाफ, प्रगति राईको थाङ्ग्रा, रमेश क्षितिजको पर्वतपर्वतमा बटुवा घाम, सुरेश प्राञ्जलीको पानी घट्ट, शैलेन्द्र अधिकारीको ब्रम्हास्त्र, रामलाल जोशीको बाआमा, प्रोल्लास सुन्धुलीयको भग्न भैरव, डा. देवीप्रसाद सुवेदीको मनु, प्रदीप रोदनको मफलर, हरिबोल काफ्लेको यशोधरा, डा। नवराज केसीको शून्यको मूल्य र अशोक थापाको सन्तापको धून छन्।

खेमलाल–हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले २०६३ सालदेखि नेपाली साहित्यमा वर्षभरि प्रकाशित पुस्तकहरुमध्ये निर्णायक मण्डलको छनोटअनुसार उत्कृष्ट पुस्तकलाई पद्मश्री साहित्य पुरस्कार अर्पण गर्दै आएको छ। 

प्रकाशित: १५ असार २०८० ०२:५७ शुक्रबार

पद्मश्री पुरस्कारका लागि पहिलो चरणमा १५ पुस्तकको सूची सार्वजनिक