कला

बालेनको सिको गर्दै पोखराका मेयरले पनि रोके भारतीय चलचित्र प्रदर्शन

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सिको गर्दै पोखरा महानगरपालिकाले पनि आफ्नो महानगरभित्र भारतीय चलचित्र  प्रदर्शनमा रोक लगाएको छ।

पोखरा महानगरमा मेयर धनराज आचार्यले सिनेमा हलहरूलाई पत्राचार गर्दै दक्षिण भारतीय चलचित्र आदिपुरूषमा राखिएको संवाद नसच्याइएसम्म कुनैपनि भारतीय चलचित्र नचलाउन निर्देशन दिएका हुन्।

पत्रमा 'आदिपुरुष' मा समावेश 'जानकी भारतकी छोरी हुन्' भन्ने शब्दावली नसच्चिएसम्म पोखरा महानगरपालिका क्षेत्रभित्रका चलचित्र घरमा अन्य कुनै पनि भारतीय फिल्म प्रसारण गर्न रोक लगाइएको उल्लेख छ।

काठमाडौँ महानगरपालिकाका हलहरूमा आजदेखि भारतीयख चलचित्र चलेका छैनन्। मेयर बालेन शाहको निर्देशनपछि हल संचालकहरूले चलचित्र प्रदर्शन रोकेका हुन्।

प्रकाशित: ४ असार २०८० ०३:१३ सोमबार

बालेनको सिको गर्दै पोखराका मेयरले पनि रोके भारतीय चलचित्र प्रदर्शन 'आदिपुरुष' मेयर धनराज आचार्य 'जानकी भारतकी छोरी हुन्'