कला

दातालाई स्वेताको सम्मान

काठमाडौं- सिन्धुपाल्चोकमा माझी बस्ती निर्माण गर्न आर्थिक सहयोग गर्ने दातालाई नायिका श्वेता खड्काले सम्मान गरेकी छिन्। स्वर्गीय पति श्रीकृष्ण श्रेष्ठ र आफ्नो नाममा स्थापना गरिएको स्वेताश्री फाउन्डेसनकी संस्थापक स्वेताले पुतलीसडकस्थित स्टार मलस्थित फाउन्डेसनको कार्यालयमा हालसम्म बस्ती निर्माणमा सहयोग गर्ने ६ जनालाई सम्मान गरेकी हुन्।

स्वेताले अमेरिकाबाट ३ लाख रुपैयाँ सहयोग गर्ने श्री पराजुली, १ लाख रुपैयाँ सहयोग गर्ने काभ्रेकी शान्ता डाँगी, ५० हजार सहयोग गर्ने काठमाडौं सामाखुसीकी शान्ता बस्नेत, जापानबाट ५० हजार सहयोग गर्ने आरोही सुवेदी, कोरियामा बसेर २५ हजार १ सय सहयोग गर्ने काठमाडौं अनामनगरका ब्रजेश श्रेष्ठ र फाउन्डेसनको कार्यालयका लागि एक थान कम्प्युटर सहयोग गर्ने आइटी केयर सोलुसनलाई सम्मान गरेकी थिइन्।

स्वेताका अनुसार आगामी दुई साताभित्र बस्तीको शिलान्यास हुनेछ। पहरी बस्तीमा ६३ घरधुरीसहित बाल बगैंचा, बाटो, बायो ग्याँस र चौतारा निर्माणका लागि ५ करोड ४२ लाखको बजेट अनुमान गरिएको छ। स्वेताले सरकारले अनुदान दिने ३ लाख र बाँकी बस्ती बनाउन लाग्ने रकम सहयोगीबाट जुटाउने बताइन्। सिन्धुपाल्चोक अभिनेता श्रीकृष्णको गृहजिल्ला हो।

प्रकाशित: ११ वैशाख २०७४ ०२:४२ सोमबार

दातालाई स्वेताको सम्मान