कला

मधुसूदनप्रसाद घिमिरेको ‘छड्के’ मा छड्के नजर

पाठक्यौली

२०७९ सालको वर्षा याममा म नेपाल पुगेको थिएँ। त्यस बखत ‘लाइक माइन्डेड’साहित्यकारहरूको जमघटमा पनि पुगेको थिएँ। त्यहाँ मैले नचिनेका एकजना शालीन तथा भद्र व्यक्ति पनि उपस्थित थिए। ती रहेछन् साहित्यकार मधुसूदनप्रसाद घिमिरे। उनै मधुसूदनप्रसाद घिमिरेले मैले लेखेको ‘पाठकीय सन्दृष्टि’ कृतिमाथि प्रतिक्रिया गर्दै लेखेका थिए, ‘सरले त नचिनेको मान्छेको पनि समीक्षा लेखिदिनु हुँदो रहेछ। मैले २०३२ सालदेखि लेख्न थालेको, कृतिहरू पनि प्रकाशित भएका छन्। तर, कसैले मेरा पुस्तकबारे केही लेखिदिएनन्। कसैको नजर नै परेन।’

उनको यो वाक्यले मेरो हृदय छोयो। आफैंलाई सम्झिएँ। आफ्नै कृति वरिपरि आएर नाच्न थाले। गमेँ। यही गमाइका धुनमा मघुसूदनप्रसाद घिमिरेको ‘छड्के’ लघुकथासङ्ग्रह फुकाउन थालें र, त्यसमाथि छड्के नजर लगाउने योजना पनि गरिहालेँ।

कृतिलाई सुसेली साहित्यिक प्रतिष्ठान, दक्षिणकाली काठमाडौंले प्रकाशन गरेको छ। प्राडा कपिल लामिछानेले ‘मधुसूदनप्रसाद घिमिरेका सरल लघुकथा’ शीर्षकमा ‘छड्के’ का लघुकथा तथा लघुकथाकारमाथि सूत्रात्मक, शालीन तथा पउल विवेचन गरेका छन्।

ममता मृदुलको समेत भूमिका रहेको यो कृतिमाथि सम्पादक डा. शेखरकुमार श्रेष्ठले कृति सम्पादन तथा प्रकाशनको रचनागर्भलाई प्रकट गरेका छन्। र, कृतिकार मधुसूदनप्रसाद घिमिरेले औपचारिक धन्यवाद ज्ञापन गर्दै सुझावको आशा गरेका छन्। त्यसपछि ५२ लघुकथाको विषयसूची रहेको छ।

उनै मधुसूदनप्रसाद घिमिरेले मैले लेखेको ‘पाठकीय सन्दृष्टि’ कृतिमाथि प्रतिक्रिया गर्दै लेखेका थिए, ‘सरले त नचिनेको मान्छेको पनि समीक्षा लेखिदिनु हुँदो रहेछ। मैले २०३२ सालदेखि लेख्न थालेको, कृतिहरू पनि प्रकाशित भएका छन्। तर, कसैले मेरा पुस्तकबारे केही लेखिदिएनन्। कसैको नजर नै परेन।’

वयका हिसाबमा सात दशकको अनुभव सँगालेका लघुकथाकार मधुसूदनप्रसाद घिमिरे २०३२ देखि रचना छाप्न थालेका पुराना स्रष्टा हुन्। बालकथा, वालकविता, कथा, चित्रकथा लघुकथा जस्ता विविध विधामा कलम चलाएर आफ्नो प्रतिभा प्रष्फुटन गर्ने घिमिरेले दर्जनभन्दा बढी कृति प्रकाशित गराइसकेका छन्। यसकारण विविध काल खण्डमा उनलाई नेपाली साहित्यवृत्तले पुरस्कार, सम्मान तथा प्रशंसापत्र प्रदान गरेका छन्। २०५८ सालमा नवक्षितिज वाणी पुरस्कार, २०६० सालमा बाबा ओमवीर सिंह प्रतिभा पुरस्कार,२०७१ सालमा योगी नरहरिनाथ ट्रष्ट सम्मान जस्ता पुरस्कार र सम्मानले सुशोभित भइसकेका छन्।

लघुकथाको हकमा भने उनको यो ‘छड्के’ पहिलो कृति हो। त्यसो त उनले नेपालको राष्ट्रिय पत्रिका युवामञ्चमा २०५४ सालमा नै ‘यथार्थता’ शीर्षकको लघुकथा प्रकाशन गराएर लघुकथा लेखनको मेसो समातिसकेका थिए।

जबजब म कुनै पनि लघुकथाको कृतिमाथि दुवै खुला आँखा पुर्‍याउँछु तबतब तेस्रो आँखाले मसँग साउती मारेर भन्छ, ‘पढ्न त पढ्छस्, लेख्न त लेख्छस्, तर लघुकथा भनेको के हो भन्ने कुराको हेक्का राखेस् नि।’

र, म यो बेला लौरो पनि नभाँचियोस् सर्प पनि मरोस् भन्ने आहान सम्झन्छु। स्रष्टा अधिक हतोत्साही वा अनावश्यक उत्साही नहुन भन्ने चेतलाई अगाडि राखेकै छु। यद्यपि सार्वभौम तथ्य के हो भने संसारमा कुनै पनि कुरामा जेनिथ सार्वभौमिकता छैन। अपूर्णताभित्रको पूर्णता खोजाइ मात्र हो। रोजाइ मात्र हो। तथापि मापनको स्केलबिना कुलो वारिपारि गर्न पनि सकिन्न। जँघार नटेकी खोलाको गहिराइ थाहा पाइने कुरा पनि होइन।

लघुकथा छोटो आयाम, थोरै पात्र, संक्षेप, सूक्ष्म, तीव्र तथा हठात समापन तथा कौतूहलमयता भएको लघुआख्यान हो। नेपाली आख्यान साहित्यमा चर्चित व्यक्तित्व प्राडा मोहनराज शर्माको ‘कम्तीमा दुईवटा यथार्थ वा कल्पित स्वतन्त्र घटना अथवा स्थितिको कालक्रमिक प्रतिनिधित्व भएको लघुतम आख्यान’ र प्राडा दयाराम श्रेष्ठको ‘आकारगत लघुता मात्र लघुकथाको तात्त्विक पहिचान होइन, मुख्य कुरा त यसमा क्षणभरमै विचार वा भावको प्रभावकारी विस्फोटन हुन सक्ने अणुसामर्थ्य’ हुनुपर्छ भन्ने कुरा कृतिको भूमिकामा प्राडा कपिल लामिछानेले अभिव्यक्त गरिसकेका छन्। आखिर जति उफ्रे पनि सार कुरा त्यत्ति हो।

सार्वभौम तथ्य के हो भने संसारमा कुनै पनि कुरामा जेनिथ सार्वभौमिकता छैन। अपूर्णताभित्रको पूर्णता खोजाइ मात्र हो। रोजाइ मात्र हो। तथापि मापनको स्केलबिना कुलो वारिपारि गर्न पनि सकिन्न। जँघार नटेकी खोलाको गहिराइ थाहा पाइने कुरा पनि होइन।

उपयुक्त विद्वानहरूका विचारलाई आधार मानेर हेर्दा लघुकथाको शीर्षकदेखि उठान, विकास, उत्कर्ष तथा समापनसम्म कौतूहलता प्रधान तत्त्व हो। उठानमा आकस्मिकता, विकासमा तीव्रता तथा संक्षिप्तता, उत्कर्षमा चुस्तता र समापनमा प्रतिध्वन्यात्मकता हुनु लघुकथाका सारभूत आवश्यक कुरा हुन्।

त्यसै गरी विषयवस्तुका हिसाबमा पनि दीर्घप्रभाव पर्ने र भाव उत्पादन गर्ने छानियो भने लघुकथामा सुनमाथि सुन्दरता थपिने कुरा हो।

‘छड्के’ मा सङगृहीत लघुकथाहरू आकारका हिसाबमा लघु छन्। त्यसैले लघुकथा लेखनको पहिलोतान बुनौट लघु र सुन्दर छ भन्ने सकिन्छ। त्यही तानभित्र हाल्नुपर्ने तानाबानाले तानको सुन्दरतालाई विस्तारीकरण गर्ने हो।

कृतिको शीर्षक एकदम सशक्त बनेको छ। शीर्षक ‘छड्के’ ले शब्दगत तथा भावगत रूपमा लघुकथाको सुन्दरतालाई समागम गरेका छन्। लघुकथाको धर्म अनुसारको शीर्षक चयन भएको छ। पाठ शीर्षकहरूमा पनि एकआधबाहेक सबै शीर्षकले कौतूहलता पस्केका छन्। तर ‘ऋणीको दसैँ’ शीर्षकले भने कौतूहलता खोलिदिएको छ। ऋणीको दसैँ भन्नेबित्तिकै गरिबको दसैँ भन्ने बुझिन्छ। उही गरिबी, उही अभाव, उही रुवाइ त विषय होला नि भनेर पाठकले अड्कल गर्न सक्छन्।

सङगृहीत लघुकथाको उठानले भने लगभग आकस्मिकता तथा कौतूहलतालाई अवलम्बन गरेको देखिन्छ। यद्यपि त्यो आकस्मिकता तथा कौतूहलतालाई अझ प्रखर बनाउने भने प्रशस्त ठाउँ हुने नै भयो।

लघुकथा प्रस्तुतिको विकास पक्ष र उत्कर्ष पक्ष सुन्दर छन्। समापनमा कतै संवृत कतै विवृत शैली अपनाइएको छ। समापनमा विपरीत भावको हेक्का राखिएको छ। ‘अपत्यारिलो’,‘उपहार’, ‘व्रत’, ‘चटपटे पण्डित’ जस्ता लघुकथाहरू विपरीत भावमा समापन गरिएका लघुकथाहरू हुन्।

लघुकथाको कथानक सन्दर्भलाई हेर्ने हो भने मधुसूदनप्रसाद घिमिरेका यस कृतिका लघुकथाहरूले सामाजिक विषयवस्तुका विविध पक्षमा दृष्टिगोचर गरेको प्रतीत हुन्छ। समाजमा आर्थिक अपचलन, महँगी, भ्रष्टाचार, छोरालाई घुस खाने विद्या पढाउनुपर्ने परिवेश, बजार भाउ, घुस तथा नेपाली परम्परागत समाजमा श्रीमतीले श्रीमानको औकात हेर्ने विषयलाई उजागर गरिएको छ।

लघुकथा प्रस्तुतिको विकास पक्ष र उत्कर्ष पक्ष सुन्दर छन्। समापनमा कतै संवृत कतै विवृत शैली अपनाइएको छ। समापनमा विपरीत भावको हेक्का राखिएको छ। ‘अपत्यारिलो’,‘उपहार’, ‘व्रत’, ‘चटपटे पण्डित’ जस्ता लघुकथाहरू विपरीत भावमा समापन गरिएका लघुकथाहरू हुन्।

त्यसैगरी सामाजिक व्यवहारहरू जन्ती, सामाजिक चुनौती, समाजको विवाहेत्तर सम्बन्ध, जातपात, माया, आमालाई वृद्धाश्रम पुर्‍याएको तर आमाले बुहारीलाई दुःख नदिनु भनेको जस्ता आमाको महत्ता बढाउन आदर्शवादी सोच भएका कथानक छन्। समाजमा अर्काले हात्ती चढ्यो भनेर आफू धुरी चढ्ने बर्थ डे मनाउने विसङ्गतिमाथि प्रहार गरेका छन्। नेपाली समाज राजनीतिबाट आक्रान्त छ। यो कुरा उनका कथानकमा पाइन्छन्। समाजमा व्याप्त राजनीतिक वितृष्णा, चुनावको रन्को, राजनीतिक तन्द्राको बयान, राष्ट्रियताको कुरामा अडान पनि राखिएका छन्।

कृतिभित्र महिलाजन्य विषयले पनि महत्त्वपूर्ण स्थान ओगटेको छ। महिलाका कारणले अफिस ढिलो गएको र हाकिमलाई पनि महिलासमक्ष लैजाने भनेपछि छड्के नपरेको विसङ्गत अवस्था देखाइएको छ। परपुरुषगमन, परस्त्रीगमन, यौनका शालीन अभिव्यक्ति पनि कथानकमा पाइन्छन्।

आफ्नो मान्छेले नै आफ्ना मान्छेलाई ठग्ने गरेको विभत्स सामाजिक दृश्यलाई पनि उजागर गरिएको छ।  ट्याक्सीमा आफ्नो मान्छेले गरेको ठगीलाई विषयवस्तु बनाएका छन्। कोरोनाका माध्यमबाट जीवनको सत्य खोज्न प्रयत्न गरिएको छ। यसैगरी साहित्यिक विसङ्गति तथा साहित्यिक संस्थामा राजनीतिक हस्तक्षेपको चर्चा छ।

कुनै कृति जन्मनु आफैंमा ज्यादै महत्त्वपूर्ण कुरा हो। किनभने लेखकले आफ्नो समय, स्रोतसाधन तथा समर्पण दिएर मात्र कृति जन्मन्छन्। अमूल्य तन, धन र मन परेको हुन्छ। त्यसमाथि लघुकथाकार घिमिरेमा जीवन भोगाइका अस्मेल अनुभवहरू छन्। ती अनुभवहरूले जीवनका अनेकन पाटाहरूको पर्दा खोलेका छन्।

लघुकथा भएकाले छोटा र मिठा छन्। लघुकथाको मर्मलाई पछ्याएका छन्। यसो भएकाले यो कृतिको सबैभन्दा अब्बल विशेषता भनेको सरलता हो। लघुकथाकार जस्तै शालीन र सरल छ यो कृति।

यही कुरालाई भूमिकामा प्राडा कपिल लामिछानेले अभिव्यक्त गरिसकेका छन्। कृतिकारले ठेट भाषाको प्रयोग गरेका छन्। यसो भएकाले लघुकथाका पात्रचयनमा अग्र्यानिकता देखिन्छ। पात्रका नाउँहरू परिवेश अनुसार मिलाएर राखिएको छ। ती नामहरूमध्ये कतिपय त नेपाली भाषाबाट लोप हुने अवस्थामा पनि देखिन्छन्।

लघुकथा भएकाले छोटा र मिठा छन्। लघुकथाको मर्मलाई पछ्याएका छन्। यसो भएकाले यो कृतिको सबैभन्दा अब्बल विशेषता भनेको सरलता हो। लघुकथाकार जस्तै शालीन र सरल छ यो कृति।

लघुकथाकार घिमिरेका लघुकथामा विषयवस्तुमा सामाजिक विविधता पाइन्छ। समाजमा देखेसुनेका विषयवस्तु टिपिएका छन्। धर्मप्रधान, नीतिप्रधान, परम्पराप्रधान तथा आदर्शप्रधान विषयवस्तु खिपिएका छन्। त्यसैले कृतिभित्र कोरा कल्पना, स्वैरकल्पना नभएर जीवनवादी दर्शन अभिव्यक्त भएको छ। समाजमा बाँच्नका लागि गर्नुेपर्ने वा गरिरहेको उपक्रमलाई इमानदारीपूर्वक अभिव्यक्त गरिएको छ। त्यसैले कृतिकारको इमानदारी यो कृतिको अर्को विशेषता हो।

यो संसारमा कुनै पनि कुरा पूर्ण तथा जेनिथसम्मत छैनन्। भगवान्को विकल्प भगवान् नै छन्। मान्छेको विकल्प मान्छे नै छ। आदर्शको विकल्प आदर्श नै छ। अर्थात् यो संसारमा कुनै पनि वस्तु विकल्पविहीन छैन। यसो भएता पनि सबै कुराका मानक छन्। सीमा छन्। तौरतरिका छन्। परख गर्ने वा विवेचन गर्ने पनि आधारहरू छन्। यद्यपि ती आधारहरू (सिद्धान्तहरू) पनि मान्छेले परिवेशीय अध्ययनपछि आफैँ बनाएका हुन्। जब परिवेश फेरिन्छ तब सिद्धान्त तथा विषयवस्तुको प्रस्तुति पनि फेरिन्छ र त्यसै अनुसार फेरि मानक बन्ने हो। यो अनवरत चलिरहने प्रक्रिया हो। यही प्रक्रियाका दौरान नेपाली लघुकथाका पनि केही सीमा तथा मानक मान्यताहरू निर्माण भएका छन्।

लघुकथाकार घिमिरेका लघुकथामा विषयवस्तुमा सामाजिक विविधता पाइन्छ। समाजमा देखेसुनेका विषयवस्तु टिपिएका छन्। धर्मप्रधान, नीतिप्रधान, परम्पराप्रधान तथा आदर्शप्रधान विषयवस्तु खिपिएका छन्।

ती मान्यताका आधारमा हेर्दा लघुकथाकार मधुसूदनप्रसाद घिमिरेको ‘छड्के’ लघुकथासङ्ग्रहभित्र ज्यादातर कुरा पुग भए पनि केही कुरा भने अपुग छन् जो स्वाभाविक नै हो। किनभने पूर्णता असम्भव तथा कल्पनाको कुरा मात्र हो। यसो भएकाले यी लघुकथाहरूमा बुनौटगत वा कथ्यगत प्रस्तुतिका हिसाबमा प्राडा दयाराम श्रेष्ठले भनेझैं अणुसामर्थ्यको अभाव छ। लघुकथा सरल लयमा सुरु हुन्छन् र सरल लयमै सकिन्छन्। जबकि लघुकथा बक्ररेखीय बहावमा हिंड्छ। लघुकथा पढिसकेपछि लघुकथाले अणुबम जस्तै पाठकमाझ पड्किन सक्नु पर्छ भन्ने कुरा नै अणुसामर्थ्य हो।

त्यसैगरी नेपाली साहित्यका आख्यान विवेचनका महान हस्ती प्राडा मोहनराज शर्माले भने अनुसारको दुई घटनाको संयोजनको पनि कमी छ। दुई अलग कथाका बिचमा द्वन्द्व गराएर विपरीत भावमा झट्कासहित समापन हुनु लघुकथाको आवश्यक तत्त्व हो।

घिमिरेका लघुकथामध्ये कतिपय लघुकथामा दुई घटनाको पनि अभाव छ। दुई घटनाको अभाव हुनेबित्तिकै द्वन्द्व निर्माण कमजोर भइहाल्छ। लघुकथाको मुटु समापन शैली हो। रूपविधानको आधारमा भन्दा विपरीत भावमा गएर प्रतिध्वन्यात्मकता सिर्जना गर्नु लघुकथाको मर्म हो। यो कृतिमा रहेका ज्यादातर लघुकथामा प्रतिध्वन्यात्मकताको अभाव देखिन्छ।

मूल रूपमा लघुकथाकार घिमिरेले प्रस्तुत गरेका अधिकांश लघुकथामा समाजमा देखिने भोगिने तथा अनुभूत गरिने वा गरेका घटनाहरूको यथास्थितिवादी चित्रण देखिन्छ। यतिले मात्र लघुकथाको विषयवस्तुको चयनमा सुन्दरता प्रक्षेपण गर्न सकिन्न। समाजमा ती घटनाहरूलाई लेखकको ज्ञान तथा चेतको औजार प्रयोग गरी चिन्तनमनन गरिनु वान्छनीय हुन्छ। तर, सङगृहीत लघुकथाका विषयवस्तुमा चिन्तनमननको पक्ष पर्याप्त छैन।

नेपाली साहित्यका आख्यान विवेचनका महान हस्ती प्राडा मोहनराज शर्माले भने अनुसारको दुई घटनाको संयोजनको पनि कमी छ। दुई अलग कथाका बिचमा द्वन्द्व गराएर विपरीत भावमा झट्कासहित समापन हुनु लघुकथाको आवश्यक तत्त्व हो।

घटना तथा जीवनलाई अर्को पाटाबाट पर्याप्त उद्बोध गर्न सकिएको छैन। जस्तो आमाको महिमाको बयान त छ तर किन आमाको महिमा व्यापक भन्ने कुराको तहसम्म पुग्न सकेका छैनन्। यसो भएकाले लघुकथाहरूमा यथास्थितिमा आदर्शवादी दृष्टिकोण छ। समाजमा जे देख्यो त्यही लेख्ने प्रवृत्ति हुनाले घटना वा चरित्रलाई नयाँ तरिकाले चित्रण गर्न सकिएको छैन। जस्तो उदाहरण वृद्धाश्रमलाई लिन सकिन्छ। वृद्धाश्रम आजको बदलिएको सामाजिक बुनौटको आधारमा हेर्दा वृद्धवृद्धाको आवश्यकता हो कि हेला भन्नेबारे बहस गर्न सकिन्छ।

कथानकले यथास्थिति दर्शाएका हुनाले अग्रगम्यताका सवालहरू सुस्त देखिनु स्वाभाविक हो। श्रीमतीले श्रीमानको औकातमा रमाउने पुरानो परिपाटीका ठाउँमा श्रीमतीले आफ्नो औकात आफैं खोज्न सकेको भए पनि हुने भन्ने चिन्तन खोजेको छ वर्तमान समाजले।

यसैगरी विवाहेत्तर सम्बन्धको अवस्थामाथि उजागर गरिएको छ। विवाहेत्तर सम्बन्ध समाजका लागि राम्रो विषय पनि होइन, आदर्श पनि होइन। न त भौतिक दृष्टिले ठिक हो, न त सामाजिक दृष्टिले। तर विवाहेत्तर सम्बन्धलाई नराम्रो मात्र देखाउनुभन्दा संसारकै समाजमा परम्परादेखि रहीभई आएको विवाहेत्तर सम्बन्ध किन हुन्छ? को जिम्मेवार छ? यसको निरूपणका उपाय के हुन भन्नेबारे पनि चिन्तन गरिएको भए विषयवस्तुमा अग्रगम्यता तथा नवीन चिन्तन हुने थियो।

यसैगरी जागिरका कारणले याने विदा नमिलेको वा अनुकूल नमिलेको कारणले कुनै छोराले बाको मुख हेर्ने दिनमा उपस्थित हुन सकेन भने दोषी को?उपाय के? लघुकथाभित्र ट्याक्सीवालाले ठगेका प्रसङ्गहरू छन्। यो पनि सनातनीय प्रसङ्ग हो। तर किन ठग्छन् ट्याक्सीवालाले? कोको जिम्मेवार हुन् यो कुराको भनेर पनि चिन्तन पनि गरिएको छैन। समस्याको समाधान गर्ने कुनै उपाय उल्लेख गरिएको छैन।

यसैगरी विवाहेत्तर सम्बन्धको अवस्थामाथि उजागर गरिएको छ। विवाहेत्तर सम्बन्ध समाजका लागि राम्रो विषय पनि होइन, आदर्श पनि होइन। न त भौतिक दृष्टिले ठिक हो, न त सामाजिक दृष्टिले।

साहित्यको जन्म निरन्तर साधनाको प्रतिफल हो। कुनै कृतिको स्तरीयता भन्नु पनि तुलना हो। वैचारिक पक्षसँगको तुलना हो। मान्छेको चेतसँग चेतको तुलना हो। समाजलाई हेर्ने समाजशास्त्रीय दृष्टिकोण हो।

एउटै युगमा बाँचेका मान्छहरूको चेत तथा परिवेशको युग एउटै हुँदैन। कोही परम्परागतभन्दा पनि हिजोको सभ्यता तथा रम्यतालाई ऐश्वर्य मान्ने युगमा हुन्छन्। कोही आफूले भोगिरहेको देखिरहेको यथास्थितिलाई मानक बनाएर जिन्दगीलाई हेर्छन्। र, त्यसमा आदर्शवादी लेपन लगाएर भ्रममा बाँच्छन्। कोही समाजलाई अग्रगम्यतातिर उन्मुख होओस् भन्ने चाहन्छन् भने कोही हठात परिवर्तनको सैद्धान्तिक आलोकमा बाँच्छन्। यसो भएकाले पाठक कुन युगको मान्यतामा बाँचेको छ सोही अनुरूप कृतिमा विवेचन गर्छ। यिनै मान्यताहरूमा लगातार चिन्तन तथा साधना गरिरहेका हुन्छन् साहित्य साधकहरूले।

साहित्यको जन्म निरन्तर साधनाको प्रतिफल हो। कुनै कृतिको स्तरीयता भन्नु पनि तुलना हो। वैचारिक पक्षसँगको तुलना हो। मान्छेको चेतसँग चेतको तुलना हो। समाजलाई हेर्ने समाजशास्त्रीय दृष्टिकोण हो।

यद्यपि नेपाली लघुकथावृत्तमा सैद्धान्तिक कुराको बहस अद्यावधि छ। सिद्धान्तलाई सिर्जनाको प्रतिकूल व्याख्या गर्ने प्रवृत्ति पनि छ। सिद्धान्त पहिला कि सिर्जना पहिला भनेर अनावश्यक तर्क पनि झिक्ने गरिन्छ। त्यसैले सर्वस्वीकृत तथ्य के हो भने सिर्जना नै पहिलो हो।

सिर्जनाको रूप हेरेर विधान बनाइने हो। सिर्जनाको मोड परिवर्तन हुनेबित्तिकै सिद्धान्तमा पनि सुधार आउन थाल्छ। सिद्धान्त पढेर वा बुझेर मात्र लघुकथा लेख्न भने कदापि सकिन्न। स्रष्टामा प्रतिभा अभ्यास हुनु जरुरी हुन्छ। त्यसैले सिद्धान्त सिर्जनाको बाधक नभएर सहयोगी हो। यत्ति कुरालाई अबलम्बन नगरेका कारणले कति सर्जकहरू अलमलिएको अवस्थालाई भने मैले टड्कारो बुझेको छु।

जे भए पनि लघुकथाकार मधुसूदनप्रसाद घिमिरे यही लघुकथा साधनाका वृत्तमा देखिएका छन् यो कृतिमा। यो पुस्तकलाई सम्पादन गर्ने डा. शेखरकुमार श्रेष्ठले कृतिलाई भरमग्दुर समय दिएर प्रेषित गरेको अनुभूत हुन्छ कृति पढिरहँदा।

सिर्जनाको रूप हेरेर विधान बनाइने हो। सिर्जनाको मोड परिवर्तन हुनेबित्तिकै सिद्धान्तमा पनि सुधार आउन थाल्छ। सिद्धान्त पढेर वा बुझेर मात्र लघुकथा लेख्न भने कदापि सकिन्न।

कृतिमा कृतिकारको मेहनत, सोच चिन्तन, दृष्टिकोण हुन्छ। त्यो यो कृतिमा देखिएको छ। कृतिले लघुकथावृत्तमा संख्या मात्र थपेको छैन, समाज परिवर्तनको लक्ष्य पनि राखेको छ। समाजमा देखिने असङ्गत परिदृश्यप्रति चिन्तित छन् लघुकथाकार। यो कृतिको अनुभवले लघुकथाकारको प्रतिभा अभ्यासको गति झन् तीव्र हुन्छ भन्ने विश्वास लिएको छु। यदि यसो भयो भने कृतिकारको अर्को गुणवत्ता लघुकथाकृति पनि जन्मने छ। साधुवाद।

प्रकाशित: १६ वैशाख २०८० ०७:३७ शनिबार

अक्षर