कला

चलचित्र फूलबारी आजबाट प्रदर्शनमा,कथालाई लिएर प्रिमियरमा रोए कलाकार

नेपाली चलचित्र फूलबारी आज (शुक्रवार) बाट देशभरका सिनेमा हलमा प्रदर्शनमा आएको छ।

चलचित्र प्रदर्शनअघि बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरी प्रिमियर शो गरिएको हो। सो प्रिमियर शोमा कलाकारहरु चलचित्र को कथावस्तुलाई लिएर रोएका थिए।

प्रिमियर शो पछि सिने पत्रकारसँग कुरा गर्दै अभिनेता विपिन कार्कीले चलचित्रमा सबै कलाकाकरले आफ्नो तर्फबाट बेस्ट लिएकाले पनि चलचित्र उत्कृष्ट बनेको बताए।

अभिनेता दयाहाङ राईले चलचित्रले नैतिक शिक्षा मात्रै नभइ व्यवहारिक शिक्षा पढाउनुपर्ने सन्देश दिएको बताए। उनले अहिले सबै मानिसहरु आफ्नो लागि हिँडिरहँदा परिवारमा समय दिन नसकेको कुरालाई सिनेमाले देखाएको बताए।

अभिनेत्री मेरुना मगरले चलचित्रमा परिवार भन्दा टाढा बस्दाका अनुभवहरु देखाइएको बताइन्। उनले अभिभावक बिरामी हुँदा सँगै हुन नपाएको पीडा लगायतका विषयमा चलचित्र निर्माण भएकाले मन छोएको बताइन्।

त्यस्तै अभिनेत्री शिल्पा मास्केले चलचित्रको कथावस्तुले आफूलाई रुहाएको बताइन्। उनले चलचित्रले अहिले अधिकांश परिवारले भोगिरहेको कथावस्तुलाई देखाइएको बताइन्। अभिनेत्री प्रियंका कार्कीले फिल्ममा परिवारबाट कोही सदस्य टाढा हुँदा धेरै पीडा हुने र त्यही कुरा चलचित्रमा देखाइएको बताइन्। चलचित्रले धेरै ठाउँमा मन छोएको बताइन्।

चलचित्र ‘फूलबारी’ मा दयाहाङ राई, विपिन कार्की, प्रियंका कार्की, अरुणा कार्की, अनुपम शर्मा शर्मालगायत कलाकारको अभिनय रहेको छ। रामबाबु गुरुङद्वारा निर्देशित चलचित्र ‘फूलबारी’ पारिवारिक कथावस्तुमा आधारित चलचित्र हो। यो चलचित्रमा दयाहाङ विपिनको भतिजको चरित्रमा छन्। विपिन अवकाशप्राप्त शिक्षकको भुमिकामा छन्।

प्रकाशित: ५ फाल्गुन २०७९ ०९:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App