कला

पल शाह मेरा लागि शाहरुख खानः पूजा शर्मा

चलचित्र मनसँग मनको विशेष शो गरिएको छ।  शुक्रबार काठमाडौंमा एक कार्यक्रमबीच चलचित्रको विशेष शो गरिएको हो। विशेष शोमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री पूजा शर्माले अभिनेता पल शाहको अभावले आफूलाई चलचित्र क्षेत्र नै खल्लो लागेको बताइन्।  

उनले पल शाहलाई सबैसँग मिल्ने आलुको रुपमा चित्रित गर्दै पल सहज र सरल व्यक्ति भएको बताइन्। उनले पल शाहमा कलाकारमा हुनुपर्ने सबै गुण रहेको र आफूलाई चलचित्रमा अभिनय गर्नपनि नरमाइलो लागेको बताइन्।  

उनले भनिन्, ‘पल आलु हो, जसरी आलु सबै तरकारीमा मिल्छ, त्यसरी नै पल पनि नेपाली चलचित्र क्षेत्रमा आलु जस्तै हो, उ सबैसँग मिल्छ। मैले पल नहुँदा अहिले धेरै मिस गरिरहेको छु। जोसँग पनि मिल्ने, जोसँग पनि सहज, जो कसैले पनि उसलाई अप्रोच गर्ने, एउटा कलाकारमा हुनुपर्ने गुण छ, पल जस्तो कलाकार हामीले पाउन गाह्रो छ। अहिले चलचित्र क्षेत्र पल बिना खल्लो भइरहेको जस्तो भएको छ। म आफैँलाई पनि रमाइलो लागेको छैन। पल मलाई शाहरुख लाग्छ, पललाई देख्दा म शाहरुख नै देख्छु।’

प्रकाशित: २७ माघ २०७९ १३:५० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App