कला

चलचित्र ‘छड्के–२’ को टिजर सार्वजनिक

अनमोल केसी अभिनित  चलचित्र ‘छड्के–२’ को टिजर सार्वजनिक भएको छ। शुक्रबार अनमोल केसी स्टारर चलचित्र ‘छड्के–२’बुडासुब्बा डिजिटल युट्युबमार्फत टिजर सार्वजनिक गरिएको हो।  

अनमोललाई केन्द्रमा राखेको टिजरअनुसार यार्सागुम्बा संकलन र यसको व्यापारका विषयमा स्थानीयबीच हुने विवादलाई सिनेमाले उठान गरेको छ।  

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा निर्माण भएकको सिनेमामा रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर मुख्य भूमिकामा छन्।

सिनेमा चितवन र मुस्ताङमा छायांकन गरिएको छ। ‘छड्के २’ रिभेन्ज ग्याङस्टर सिनेमा हो। काभ्रे फिल्म्सको व्यानरमा निर्माण भएको सिनेमासँग मेधा प्रोडक्सन र निर्भाना फिल्म स्कुलले सहकार्य गरेका छन्। निर्मातामा प्रशान्त गिरी र देवकुमार श्रेष्ठ रहेका सिनेमाको कार्यकारी निर्मातामा निर्भाना फिल्म स्कुल र लक्ष्मण काफ्ले छन् ।

प्रकाशित: १३ माघ २०७९ ०९:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App