कला

धुर्मुस–सुन्तलीलाई अभिनेत्री ऋचाको सहयोग

काठमाडौं– गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि अभिनेत्री ऋचा शर्माले धुर्मुस सुन्तलीलाई आर्थिक सहयोग गरेका छन् । २९ औं जन्मदिनको अवसर पारेर अभिनेत्री ऋचाले शुक्रबार धुर्मुस सुन्तली फाउन्डेसनलाई एक लाखको चेक प्रदान गरेकी हुन्।

‘६५ परिवारका लागि चार करोड भन्दा बढीको अनुमानित लागतमा निर्माणाधीन गिरान्चौर एकिकृत बस्तीको निर्माणको सहयोगार्थ धुर्मुस सुन्तली फाउण्डेसनलाई सहयोग गरेकी हुँ। जन्मदिन भोलि भएपनि आज धुर्मुस–सुन्तली फाउण्डेसनमा पुगेर चेक प्रदान गरेकी हुँ,’उनले भनिन्,‘ हरेक वर्ष जन्मदिन मनाइरहेको हुन्छु। धुर्मुस–सुन्तलीको कामबाट प्रभावित भएको हुँदा यो वर्ष उनीहरुलाई सहयोग गरेकी हुँ।’

अभिनेत्री ऋचाले शनिबार २९ औं जन्मदिन मनाउँदैछिन्। हाल ‘लुट २’को कार्यशालामा व्यस्त अभिनेत्री ऋचाले धुर्मुस सुन्तलीको कामको अहिले चौतर्फी प्रशंसा भइरहेकाले अझै प्रशंसा बटुल्नका लागि अझै राम्रो काम गर्न समेत धुर्मुस सुन्तली फाउन्डेसनलाई उनले शुभेच्छा प्रकट गरेका छन्।
 

प्रकाशित: ३१ असार २०७३ ०७:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App