निर्वाचन विशेष

रम्भामा पुरानै जनप्रतिनिधिः एमालेका भण्डारी र श्रेष्ठ विजयी

पाल्पाको रम्भा गाउँपालिका अध्यक्षमा बिष्णु भण्डारी र उपाध्यक्षमा राधा श्रेष्ठ विजयी भएका छन्। मतगणनामा विवाद सिर्जना भएपछि ढिला गरि मतगणना सम्पन्न भएको हो।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट पुरानै जनप्रतिनिधी विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार बिष्णु भण्डारीले ५ हजार ५ सय ८६ मत प्राप्त गरि रम्भा गाउँपालिका अध्यक्षमा विजयी भए। उनका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका दुर्गा अधिकारीले ४ हजार ५ सय ४२ मत प्राप्त गरे।  

रम्भा गाउँपालिकाको उपाध्यक्षमा राधा श्रेष्ठले ५ हजार ७ सय १९ मत प्राप्त गरि विजयी बनिन्। उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका बिष्णु थापाले ५ हजार ५८ मत प्राप्त गरे । २०७४ सालको स्थानीय निर्वाचनबाट निर्वाचित अध्यक्ष र उपाध्यक्ष पूनः चयन भएका हुन्। रम्भा गाउँपालिकाको वडा नं. २, ४ र ५ मा नेकपा एमालेका उम्मेदवार वडाध्यक्षमा विजयी भएका छन्। यस्तै वडा नं. १ र ५ मा भने नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। रम्भा गाउँपालिकामा कुल १७ हजार ६ सय ६३ मतदाता रहेकामा ११ हजार ४ सय ५४ मत खसेको थियो।

प्रकाशित: ९ जेष्ठ २०७९ ००:५९ सोमबार

रम्भा गाउँपालिका