निर्वाचन विशेष

पोखरा महानगरपालिकाः २ हजार १ सय ३ मतले धनराजकाे अग्रता

पोखरा महानगरपालिकाको मेयर पदमा धनराज आचार्यले मतान्तर झनै बढाउँदै लगेका छन्। गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार आचार्यले नेकपा एमालेका उम्मेदवार कृष्ण थापासँगको मतान्तर २ हजार १ सय ३ मत पुर्‍याएका हुन्।

हालसम्म ४७ हजार ४ सय ६६ मत गणना सम्पन्न हुँदा आचार्यले १९ हजार ६ सय १५ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई एमालेका कृष्ण थापाले १७ हजार ५ सय १२ मत ल्याएर पछ्याइरहेका छन्।

त्यस्तै राप्रपाका शंकर खरालले १ हजार ९ सय ६२ र स्वतन्त्रका अटेरी उम्मेदवार गनेस पौडेलले १ हजार २४ मत प्राप्त गरेका छन्।

उपमेयरमा नेकपा एमालेकी उम्मेदवार मञ्जुदेवी गुरुङले अग्रता लिएकी छन्। गएरातिबाट अग्रता बढाएकी उनले नेपाली कांग्रेसकी कोपिला रानाभाटलाई २२८ मतले उछिनेकी छन्। एमालेकी गुरुङले २० हजार २ मत ल्याएर अग्रता लिएकी छन्।

उनलाई नेपाली काँग्रेसकी कोपिला रानाभाटले १९ हजार ७ सय ७४ मत ल्याएर पछ्याइरहेकी छन्। राप्रपाकी रञ्जना सेनले १ हजार ७ सय ४४ मत प्राप्त गरेकी छन्।

प्रकाशित: ५ जेष्ठ २०७९ ०१:३७ बिहीबार

पोखरा महानगरपालिका