इलाम नगरपालिका–१२, साङरुम्बामा ससुराले बञ्चरो प्रहार गर्दा ज्वाईं गम्भीर घाइते भएका छन्।
स्थानीय ८८ वर्षे अम्बरसिंह लिम्बूको प्रहारबाट ५० वर्षे कृष्ण जबेगू घाइते भएका हुन्। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
कृष्ण लामो समययता ससुरालीमै बस्दै आएका थिए। बञ्चराको पासोले अचेत भएका उनलाई इलाममा उपचार सम्भव नभएपछि झापा रेफर गरिएको छ।
अम्बरसिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डिएसपी मानबहादुर राईले घरमा झगडा भएपछि अम्बरसिंहले कृष्णलाई हतियार प्रहार गरेको बताए।
प्रकाशित: २० चैत्र २०८१ १६:५१ बुधबार