८ श्रावण २०७८ शुक्रबार

ओली नीतिले कूटनीतिमा अविश्वास

सुरुमा ओली नेतृत्वको सरकारले कूटनीतिक क्षेत्रमा सुधारको संकेत गरेको थियो तर समय बित्दै जाँदा आन्तरिक राजनीतिक खिचातानीको असर अन्तर्राष्ट्रिय सम्बन्धमा पनि पर्न थाल्यो। कूटनीतिक मामिलाका जानकार ओलीको दोधारे चरित्र र उनले आन्तरिक राजनीतिको जोडघटाउमा पनि कूटनीतिलाई जोड्न खोजेका कारण छिमेकी मुलुक तथा अन्य मित्र राष्ट्रसँगको सम्बन्धमा उतारचढाब र अविश्वासको अवस्था आएको बताउँछन्।

एमालेमा एकताका लागि दबाब: नेपाल पक्षप्रति ओली नरम

वरिष्ठ नेता माधव नेपाललाई गद्दार घोषणा गरेको एक सातापछि आममाफी घोषणा गरेका ओलीलाई नेपाल समूहले अझै विश्वास गर्न सकेको छैन। ओलीबाट ठोस प्रस्ताव नआउँदासम्म विश्वास गर्न नसकिने नेपाल समूहको विश्लेषण छ।

सरकारबाट बाहिरिएपछि एमालेमा पुनःएकताको पहल

पार्टीभित्रको आन्तरिक विवादका कारण सरकारको नेतृत्वबाट बाहिरिएको नेकपा (एमाले) को शीर्ष तहमा पुनःएकताका लागि पहल सुरु भएको छ।

अपमान सहेर कोही बस्दैन : माधवकुमार नेपाल

पुष्पलाल स्मृति दिवसको अवसरमा काठमाडौंमा बिहीबारआयोजित कार्यक्रममा नेपालले आफूले बनाएको घर छाडेर हिँड्न पनि मुश्किल पर्ने बताएका छन्।

नेपाललाई दोस्रो अध्यक्ष दिन ओली तयार

‘माधव नेपालले मिल्ने हो भने दोस्रो अध्यक्ष दिने हो। मैले भनेको छु,पार्टी एकता बचाउन माधव नेपाल आउँछन् भने दोस्रो अध्यक्ष दिन म तयार छु।’

एमाले बैठक : पार्टी सुदृढीकरण र शुद्धीकरणमा केन्द्रित

नेकपा (एमाले) को जारी केन्द्रीय कमिटीको बैठकमा पार्टीको विवाद समाधान कार्यदलको १० बुँदे सहमति, सर्वाेच्च अदालतको गत असार २८ को फैसलालगायत विषयमा छलफल सुरु भएको छ।

एमाले विवाद नथामिने संकेत

मतदान नगरी बैठकस्थलबाट बाहिरिएका सांसदले भने देउवा सरकारलाई विश्वासको मत नदिँदा ओलीसँग सहकार्य सहज हुने ठानेका हुन्। मतदान वहिस्कार गर्ने र विपक्षमा मतदान गर्ने सांसद समेतका आधारमा ओलीले यसअघि विश्वासको मत लिएको बेलामा भन्दा कम सांसद आफ्नो पक्षमा पाएका छन्।

ओली–नेपाल द्वन्द्व: दुवैका आ–आफ्नै दाउ

ओली र नेपाल सहमतिभन्दा एकले अर्कोलाई गलाएर झुकाउने रणनीतिमा छन्। यसले गर्दा विवाद निरूपणभन्दा झन् जटिल बन्दै गएको छ।

दश बुँदे सहमतिका आधारमा नै पार्टीलाई एकताबद्ध बनाइने

नेकपा (एमाले)का युवापुस्ताका नेता १० बुँदे सहमतिका आधारमा पार्टीलाई एकताबद्ध बनाउने छलफलमा जुटेका छन्।

एकतामा ओली 'असहमत'

दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक राखेपछि ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेको संकेत मिलेको छ।

एमाले एकता प्रयासमा फेरि अड्चन

ओली–नेपाल संवाद फलदायी हुन नसकेपछि एकताको पहल गरिरहेका दुवै पक्षका नेताहरू पनि निरास भएका छन्। उनीहरूले ओली र नेपाल दुवैले दम्भ नत्याग्दा समस्या भएको निष्कर्ष निकालेका छन्।

पार्टी एकता जोगाउन गण्डकी प्रदेशका एमाले जिल्ला अध्यक्षहरुको संयुक्त अपिल

गण्डकी प्रदेशका नेकपा एमालेका जिल्ला अध्यक्षहरुले पार्टी एकता जोगाउन सामुहिक अपिल गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपालबीचको तिक्तता बढेर फुटको दिशामा गएपछि गण्डकी प्रदेशका एमालेका ११ वटै जिल्ला अध्यक्षहरुले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी एकता जोगाउन सामुहिक अपिल गरेका हुन् ।

फोरम–नयाँ शक्ति एकता तयारी तीव्र, राजपा–फोरम एकता पत्रमै सीमित

लामो समयदेखि एकताको चर्चामा रहेको संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टी नेपालबीच बैशाख २३ गते एकता घोषणाको तयारी भएको छ।

माके–एमाले एकता अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ सन्देश : दाहाल

नवगठित नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले माओवादी केन्द्र र एमालेको एकता अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ सन्देश भएको बताएका छन्।

एमाले–माके एकता जनताको बलिदानको अवमूल्यन : वैद्य माओवादी

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले एमाले–माओवादी केन्द्र एकता जनताको बलिदानको अवमूल्यन भएको टिप्पणी गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्