८ श्रावण २०७८ शुक्रबार

राष्ट्रपतिको 'भद्दा व्यवहार'

राष्ट्रपति विद्यादेवी भण्डारीले शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्दा र शपथ गराउँँदा देखाएको भद्दा र असहज व्यवहार महान्यायाधिवक्ताको शपथमा पनि देखाइन्। राष्ट्रपति कार्यालयमा महान्यायाधिवक्ताको शपथ समारोह गर्न उनले इन्कार गरिन्। राष्ट्रपति कार्यालयमा राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले महान्यायाधिवक्तालाई शपथ गराउने प्रचलन थियो।

संसद पुनःस्थापना कांग्रेसको एक मात्र एजेण्डा हो, वैशाखमा चुनाव हुन्न : शशांक कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आगामी वैशाख १७ र २७ गते निर्वाचन हुनै नसक्ने बताएका छन्। चुनाव हुन्छ कि भन्ने सम्भावना कांग्रेसका कोहि कसैले पनि गर्न नहुने उनको भनाई छ।

ढुक्क हुनुस् संसद पुनःस्थापना हुन्छ : जनार्दन शर्मा

पूर्वगृहमन्त्री जनार्दन शर्माले संविधानको रक्षा गर्न संसद् पुनःस्थापना गर्नुपर्ने बताएका छन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपालको स्थापना दिवस तथा तेस्रो साधारणसभामा आज उनले संसद् पुनःस्थापना हुनेमा आफू विश्वस्त रहेको बताए ।

फागुनमा संसद पुनःस्थापना हुन्छ : योगेश भट्टराई

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता योगेश भट्टराईले आगामी फागुनमा प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरेका छन्।

संसद पुनःस्थापना नै कांग्रेसको बटमलाईन : रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनःस्थापना नै कांग्रेसको बटमर्लाइन भएको बताएका छन् । गुराँस पुस्तकालयले आइतबार विराटनगरमा अयोजना गरेको पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा नेता पौडेलले संसद पुनःस्थापना नै कांग्रेसको बटमलाइन भएको बताएका हुन् ।

संसद पुनःस्थापना नभए देश द्वन्दमा फस्छ : डा. कोइराला

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले संसद पुनःस्थापना नभए देश द्वन्द्वमा फस्ने खतरा रहेको बताएका छन्। आइतबार विराटनगर स्थित कोइराला निवासमा पत्रकारहरूसँगको कुराकानीमा अदालतबाट संसद पुनःस्थापनाको निर्णय नभए देश द्वन्द्वमा फस्ने खतरा रहेको बताएका हुन्।

एउटै मञ्चबाट नेता र पूर्वन्यायाधीशको तर्क – अदालतले सही निर्णय गर्छ, संसद पुनःस्थापना हुन्छ

सरकारले संसद विघटन गरिसकेपछि देशमा ‘राजनीतिक संकट’ निम्तिएको निश्कर्षसहित आयोजना गरिएको अन्तक्र्रिया कार्यक्रममा बोल्ने प्राय सबै वक्ताले केपी शर्मा ओलीले ‘असंवैधानिक र अलोकतान्त्रिक’ कदम चालेको भन्दै चर्को आलोचना गरेका थिए। उनीहरुले सबैको एउटै निश्कर्ष थियो–अदालतले सही निर्णय गर्छ र संसद पुनःस्थापना हुन्छ, हुनुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्