३० श्रावण २०७७ शुक्रबार

कोरोना बढेपछि ठाउँठाउँमा निषेधाज्ञा, सिल र लकडाउन

कोरोनाको संक्रमण दर बढेपछि मुलकभरका विभिन्न स्थान विशेषमा लकडाउन, सिल र निषेधाज्ञा जारी गरिएको छ। संक्रमणको भयाभह स्थिति रोक्न केही स्थानीयस्तर र केही जिल्ला तहमा निषेधाज्ञा जारी तथा सिल गरिएको हो।

सूर्याेदय र सन्दकपुर ‘लकडाउन’

सूर्याेदय नगरपालिका र सन्दकपुर गाउँपालिकामा अनिश्चितकालीन ‘लकडाउन’ गरिएको छ । कोरोनाभाइरस (कोभिड १९)को जोखिम बढेपछि दुवै स्थानीय तहले बिहीबार राति १२ बजेदेखि लागू हुनेगरी अनिश्चितकालका लागि लकडाउन घोषणा गरेका हुन् ।

धरानमा एक साताका लागि लकडाउन

कोरोना संक्रमण फैलिन नदिन धरान उपमहानगरपालिकाले पनि एक साता पूर्णलकडाउन गर्ने निर्णय गरेको छ। आज बिहान बसेको कार्यपालिका बैठकले आज मध्यरातीदेखि साउन २८ गतेसम्म पूर्णलकडाउन गर्ने निर्णय गरेको हो।

सर्लाहीमा फेरि भोलीदेखि ‘लकडाउन’

कोरोना भाइरसको सम्भावित संक्रमण रोकथाम गर्न भन्दै जिल्ला प्रशासन कार्यालयले सर्लाही जिल्लाभरका लागि भोली (बुधबार) देखि ७ दिनका लागि अत्यावश्यक बाहेकका कामहरूमा रोक लगाउने आदेश जारी गरेको छ ।

इटहरी, इनरुवा र दुहवीमा लकडाउन

पूर्वका शहरमा पछिल्लो समय समुदायस्तरमै कोरोनाको संक्रमण देखा पर्ने क्रम बढेपछि इटहरी, इनरुवा र दुहवीमा लकडाउन घोषणा गरिएको छ ।

लकडाउन खुलेपछि संक्रमण बढ्यो, उपत्यकामामात्रै ८ सय ३२ संक्रमित

सरकारले लकडाउन खोलेसँगै कोरोना संक्रमणको दर बढेको छ। सोमबार मात्रै ४ सय १८ नयाँ संक्रमित थपिएका छन्। लकडाउन खुल्नुपूर्व यो संख्या १ सय मात्र थियो। यो अवधिमा काठमाडांै उपत्यका र तराईका जिल्लामा समेत संक्रमितको संख्यामा वृद्धि भएको छ।

लकडाउनको अवस्था नआओस्

कोरोना भाइरसको जोखिम कम भएको भन्दै सरकारले लकडाउन हटाएसँगै व्यापार÷व्यवसायदेखि दैनिक जीवन सामान्यतर्फ फर्कन लागेको अवस्थामा जे÷जसरी संक्रमितको संख्या र मृत्यु दर बढेको छ, त्यसले समाजमा त्रास र चिन्ता थपेको छ।

अर्थतन्त्रको दिशा र दशा अनिश्चित

समुदायमा कोरोना विस्तार र पुनः लकडाउनको सम्भावनाले आर्थिक गतिविधि कहिलेदेखि लयमा फर्किन्छ भन्ने नै अनिश्चित छ । यस्तोमा अर्थतन्त्रको भावी दिशा र दशाबारे अनुमानै गर्न नसकिने ठान्छन् अर्थशास्त्री ।

विराटनगरमा दुई साता लकडाउन

विराटनगर महानगरपालिकामा कोरोना संक्रमण थप फैलिन नदिन साउन १६ रातिदेखि ३० गते रातिसम्म लकडाउन लगाउने निर्णय भएको छ। धरान, इटहरी र इनरुवमा पनि संक्रमण रोक्न थप सतर्कता अपनाइएको छ।

शनिबारदेखि २ सातासम्म विराटनगरमा लकडाउन

विराटनगरमा कारोना संक्रमितको संख्या बढ्दै गएपछि दुई साताका लागि लकडाउन जारी गरिएको छ । शुक्रबार बसेकाे जिल्ला कोभिड क्राइशिस म्यानेजमेन्ट को बैठकले यस्ताे निर्णय गरेकाे सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव बहादुर खड्काले बताए ।

लकडाउन खुलेसँगै संक्रमित बढे

लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमित संख्या दैनिक बढ्न थालेको छ। असार अन्तिम सातादेखि घट्दै गएको संक्रमितको संख्या साउन ६ यता हरेक दिन बढ्दै गएको छ।

कर्णाली प्रदेश : लकडाउन खुल्यो, संक्रमित बढे

लकडाउन खुलेसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या दैनिक बढ्न थालेको छ । असारको अन्तिम सातादेखि घट्दै गएको कोरोना संक्रमितको संख्या साउन छ गतेयता हरेक दिन बढिरहेको हो । लकडाउन खुलेयताका सात दिनमा कर्णालीमा कोरोना संक्रमितको संख्या एक सय ६१ पुगेको छ ।

लकडाउन अवधिको घरकोठा भाडा नतिरे हुन्न र?

नयाँ प्रकृतिको विषाणु सारस–कोभ–२ को कारणले लाग्ने अति संक्रामकजन्य विश्वव्यापी महामारी रोग कोभिड १९ को कारण विश्व आक्रान्त छ । संसारको लगभग सम्पुर्ण भूगोलमा यो महामारीको प्रकोप पुगेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्