११ माघ २०७७ आइतबार

आर्थिक अभाव झेल्दै बलात्कार पीडित परिवार

रुपन्देहीको तिलोत्तमा–१५ की पाँच वर्षीया बालिका ६ दिनदेखि काठमाडौंस्थित शिक्षण अस्पतालको बेडमा छटपटाइरहेकी छिन् । अस्पतालमा सँगै रहेकी बालिकाकी आमाका अनुसार उनको यौनांगमा गहिरो चोट छ । दिशापिसाबका लागि कोखाबाट पाइप लगाइएको छ । गालामा धारिलो हतियारले काटेर छालामासु निकाले जस्तो डरलाग्दो चोट छ । कलिला ओठमा टोकेर बनाइएको गहिरो घाउ छ । दाहिने आँखाको परेला च्यातिने गरी चोट लागेको छ ।

चार वर्षदेखि बुहारीलाई जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ

चार वर्षदेखि मादक पदार्थ सेवन गरी ससुराले बुहारीलाई जबर्जस्ती करणी गर्दै आएको भनी प्रहरीमा जाहेरी परेपछि ६० वर्षीय अभियुक्त पक्राउ परेका हुन्। ससुराले जबर्जस्ती करणी गरेको जनाउँदै २१ वर्षीया महिलाले जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

इलाममा बलात्कारका घटना भयावहः चार वर्षमा ९० घटना

समाजमा बलात्कारका घटना भयावह बनेको देखिएको छ। इलाममा चार वर्ष (२०१७–२०२०) मा ९० वटा बलात्कारका घटना भएको देखिन्छ।

बलात्कारबाट बालिका बढी पीडित

जिल्लामा ४ वर्षयता महिलाभन्दा बालिकामाथि बलात्कारका घटना बढेको देखिएको छ। हरेक वर्ष जिल्लामा हुने बलात्कारका घटनामा बालिका बढी पीडित भएको पाइएको हो।

ल्याण्डमार्क सामूहिक बलात्कार घटना : मुख्य अभियुक्तलाई पाँच वर्ष कैद

उच्च अदालत पाटनले दरबारमार्गस्थित ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार घटनाका मुख्य अभियुक्तलाई पाँच वर्ष कैद र सात लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ।

बलात्कार आरोपित बालकलाई छ महिना कैद

खेल्ने क्रममा साढे तीन वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा जिल्ला अदालतले १४ वर्षीय एक बालकलाई छ महिना कैद सजायको फैसला गरेको छ।

बर्दिबास घटनाः मृतक परिवारलाई नगरपालिकाको राहत

महोत्तरीको बर्दिबासमा बलात्कारपछि हत्या गरिएकी बालिका गुलाब खातुन र सोको विरोधमा भएको प्रदर्शनमा सुरक्षाकर्मीको गोली लागि मृत्यु भएका सञ्जय न्यौपानेको परिवारलाई बर्दिबास नगरपालिकाले राहत दिने घोषणा गरेको छ।

बर्दिबास घटनाः प्रहरीको गोली लागेर घाइते एकजनालाई हेलिकप्टरबाट काठमाडौं लगियो

महोत्तरीको बर्दिवास १४ की ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको विरोधमा अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग खुलाउने क्रममा सुरक्षाकर्मीले गोली चलाएको छ। गोली लागेर तीन जना प्रदर्शनकारी घाइते भएका छन्।

बालिका बलात्कार र हत्याको विरोध प्रदर्शनमा प्रहरीले गोली चलाउँदा २ जना घाइते

महोत्तरीको बर्दिबास १४ की ६ वर्षीया बालिकालाई बलात्कारपछि हत्या गरिएको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सुरक्षाकर्मीले गोली प्रहार गरेको छ। रबरको गोली लागेर दुई जना प्रदर्शनकारी घाइते भएका छन्।

बालिकाको 'बलात्कारपछि बिभत्स हत्या'

मकवानपुरको पूर्वी क्षेत्र वागमती गाउँपालिका ७, लामिटारमा ४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आशंका गरिएको छ। स्थानीय रुविना पाख्रिनको रगतले लतपतिएको नग्न अवस्थामा शव भेटिएपछि बलात्कार र हत्या भएको अनुमान गरिएको हो।

जबर्जस्ती करणीका फरार अभियुक्त ११ वर्षपछि पक्राउ

उदयपुर प्रहरीले विगत ११ वर्षदेखि फरार जबर्जस्ती करणीका अभियुक्तलाई पक्राउ गरेको छ। ०६६ सालमा जिल्ला अदालतबाट कसुरदार सावित भए पनि भाग्दै आएका चौदण्डीगढी नगरपालिका ९ हडियाका नारायणबहादुर राउत बुधबार पक्राउ परेको प्रहरीले जनाएको छ।

बलात्कारविरुद्ध गोरखामा प्रदर्शन

बढ्दो बलात्कार र हिंसाका विरुद्ध गोरखामा शनिबार युवतीहरुले प्रदर्शन गरेका छन्। स्वस्फूर्त भेला भएका २५ भन्दा बढी युवतीहरुले कालो लुगा, कालो पट्टी र मास्क लगाएर बिरोध जनाएका हुन्।

सामूहिक बलात्कार आरोपितमध्ये एक पक्राउ

सामूहिक बलात्कारको घटनाका आरोपितमध्ये महदेवा गाउँपालिका–६ का २२ वर्षीय नुनु मण्डललाई प्रहरीले आज पक्राउ गरेको छ।

बालिका बलात्कार गर्नेलाई १९ वर्ष जेल

१० वर्षे बालिकालाई अप्राकृतिक यौन दुर्व्यवहार र जबर्जस्ती करणी गरेको अभियोग लागेका एक पुरुषलाई ताप्लेजुङ जिल्ला अदालतले १९ वर्ष जेल सजाय हुने फैसला गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्