३ जेष्ठ २०७८ सोमबार

बैतडीका १५ बढी सामुदायिक वनमा डढेलो

बैतडीका १५ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ। लगातारको खडेरीका कारण सामुदायिक वनमा डढेलो लागेको हो। सुख्खापनका कारण वनजंगलमा डढेलो लागेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ।

वायु प्रदूषण छपक्कै भएपछि दिउँसै अँध्यारो

दिउँसो ३ बजेसम्म सामान्य रहेको मौसम एक्कासि धुम्मिएसँगै करिब ४ बजेपछि अन्धकार भएको थियो। ग्रामीण क्षेत्रमा घाँसदाउरा गर्न वनजंगल गएकाहरूसमेत अँध्यारो भएपछि हतारहतारमा घर फर्किएको धवलागिरी गाउँपालिका–७ ताकमका युवा गोपाल आचार्यले बताए। ‘

वायु प्रदूषणः मध्य सहरमै बुङबुङति धुलो उडाइन्छ

अहिले पोखरा महानगरभित्रको २९ किलोमिटर सडक अस्फाल्ट कंक्रिटबाट कालोपत्रे हुँदैछ । सडक कालोपत्रे त भएको छ, त्यो कालोपत्रेसँगै वायुमण्डलमा असर पर्नेगरि धुलो उडाउँदा अहिलेको प्रदूषण बढ्नमा बल पुगेको विज्ञहरुले बताएका छन् ।

वायु प्रदूषणः २८ हजार हवाई यात्रुको उडान रोकियो, होटलको अकुपेन्सी घट्यो

वायु प्रदूषणले मानव स्वास्थ्यमा असर त पर्छ नै यसले आर्थिक रुपमा पनि नोक्सानी पुर्‍याएको छ । तर, वायु प्रदूषणका कारण आर्थिक रुपमा परेको नोक्सानीको भने चर्चा कमै हुने गरेको छ ।

काठमाडौंसहित देशभर वायु प्रदूषण उच्चः बाहिर ननिस्कन विज्ञको सुझाव

काठमाडौंसहित देशभरि वायु प्रदूषण बढेकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन जनस्वास्थ्य विज्ञले सुझाव दिएका छन्।

डढेलो, प्रदूषण र भुइँ मान्छेका सरकार

राजनीतिको नाममा हुने व्यापारीकरण, लोकतन्त्र र समाजवादको आवरणमा देखिने एउटा नाङ्गो सत्य हो। यो बाटो नबदलिएसम्म देशको वातावरण पर्यावरण र राजनीति कहिल्यै संग्लिदैन।

वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकामा डोजर सञ्चालनमा रोक

वायु प्रदूषण बढेपछि नागार्जुन नगरपालिकाले नगर क्षेत्रभित्र डोजर सञ्चालमा रोक लगाएको छ। नगर प्रमुख मोहनबहादुर बस्नेतको अध्यक्षतामा बसेको नगर कार्यपालिका बैठकले वायु प्रदूषणका साथै कोरोना सङ्क्रमणसमेत बढेको भन्दै अर्को व्यवस्था नभएसम्मका लागि नगर क्षेत्रभित्र डोजर सञ्चालन गरी जग्गा प्लटिङलगायतका कार्य गर्न रोक लगाएको हो।

वायु प्रदूषणः बेनीमा आँखा पोल्ने समस्याका बिरामी बढे

म्याग्दीको सदरमुकाम बेनीमा वायु प्रदूषणका कारण आँखा पोल्ने समस्या देखिन थालेको छ । केहीदिन यता देशैभरी वायु प्रदूषण बढेको र तुवाँलो लागेको अवस्थामा म्याग्दीको सदरमुकाम बेनीबजार आसपासका क्षेत्रमा बुधबार वायु प्रदूषण उच्च देखिएको अवस्थामा आँखा चिलाउने, बिझाउने, सुख्खा हुने, पोल्ने समस्याका बिरामी बढ्न थालेका छन् ।

बिहान र राति प्राणघातक प्रदूषण

विभागले विहान र बेलुका झनै सचेत हुन सर्वसाधारणलाई आग्रह गरेको छ । विहान पख केही दिनसम्म प्रातकालीन पद यात्रा नगर्न पनि वातवारणविद्हरूले सल्लाह दिएका छन्। विभागका अनुसार शनिबारको तुलनमा आइतबार प्रदुषणमा थोरै सामान्य सुधार भए पनि आइतबारको प्रदुषण पनि मानव स्वास्थ्यका लागि अत्यन्त घातक छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्