६ आश्विन २०७७ मंगलबार

कोरोनामुक्तको वेदना : भाइरसलाई जित्यौं, तर समाजसँग हार्‍यौं

आफूहरू मात्र नभई नजिकका छिमेकी र आफन्तले समेत अपहेलित हुनुपरेको बताउँछन्, कैलालीको घोडाघोडी नगरपालिका–३ निवासी कोरोनालाई जितेका एक व्यक्ति।

काठमाडौं प्रशासनले भन्यो : निषेधाज्ञा भए पनि यस्ता परीक्षा रोकिँदैनन्

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा भए पनि अति आवश्यक किसिमका केही परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ।

डा. भट्टराई भन्छन् : भाटभटेनीको भीडमा कोरोना नलाग्ने, फुटपाथ पसलमा लाग्ने!

सबैतिर मास्क लगाउने, व्यक्ति–व्यक्तिबीच २ मिटरको दूरी कायम गर्ने तथा बेला बेला साबुनपानीले हात धुने गर्दै कोरोनासँगबै बाँच्न सिक्न उनले सुझाव पनि दिएका छन्।

निषेधाज्ञा : अन्यथा लेखिएकाे भन्दै काठमाडौं प्रशासनले सच्यायो बुँदा नम्बर १४

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा खुकुलो पारिएपछि ‘सञ्चालन गर्न पाइने क्रियाकलाप’अन्तर्गत बुँदा नम्बर १४ सच्याएको छ।

काठमाडौंलाई भयावह हुनबाट जोगाउने हो भने निषेधाज्ञा तुरुन्त कडा पार : उपत्यका नगरपालिका फोरम

यस्तो निषेधाज्ञाको खासै अर्थ नहुने भएको उल्लेख गर्दै फाेरमले अत्यावश्यक वस्तु र सेवालाई बिहान ९ बजेसम्म खुला गर्न पाइनेसम्म मात्र आदेश सीमित राख्न सम्बन्धित निकायसँग माग गरेको हो ।

अब निषेधाज्ञा मान्दैनौं : उद्योग व्यापार संगठन

संगठनले विज्ञप्ति जारी गरी यही भदौ १४ गतेको बैठकमा प्रशासनले अनुरोध गरेकाले अन्तिम पटकका लागि समर्थन जनाएको तर अब उप्रान्त कुनै पनि किसिमको प्रतिबन्ध स्वीकार नगर्ने चेतावनी दिएको हो ।

काठमाडौंमा ‘अत्यावश्यक’ भनेर अनावश्यक घुमफिर, २ हजार जनालाई कार्बाही

काठमाडौं महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार जानकारी हुँदाहुँदै पनि मानिसले सरकारी आदेश र स्वास्थ्यसम्बन्धी मापदण्ड उल्लङ्घन गर्ने गरेको पाइएको छ ।

एक साता निषेधाज्ञा थपसँगै काठमाडौं प्रशासनले जारी गर्‍यो २० बुँदे आदेश

यसअघि गत बुधबार मध्यरातिदेखि लागू निषेधाज्ञा आजै मध्यरातिदेखि सकिँदै थियो । तर संक्रमण अझै नघटेकाले तीनै जिल्लामा अरू एक हप्ता निषेधाज्ञा थप गरिएको हो ।

निषेधाज्ञा सहरी क्षेत्र केन्द्रित

कोरोना भाइरसको संक्रमण देखिएपछि तनहुँको शुक्लागण्डकी नगरपालिकाको आंशिक क्षेत्रमा मात्र निषेधाज्ञा लगाएको छ। १२ वटा वडा रहेको उक्त नगरपालिकाभित्र २ देखि ९ नम्बरसम्मका वडामा मात्रै निषेधाज्ञा लगाइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्