जसले मलाई अध्यक्ष दिन्छ, त्यही समूहमा गएर अध्यक्ष हुन्छु: वामदेव गौतम
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूलाई जुन समूहले अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुने र पार्टी एकताका लागि काम गर्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आफूलाई जुन समूहले अध्यक्ष दिन्छन्, त्यही समूहमा गएर अध्यक्ष हुने र पार्टी एकताका लागि काम गर्ने बताएका छन्।
निर्वाचन आयोगले राजनीतिक रूपमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कानुनी रूपमा एउटै दल भएको निर्णय दिएपछि दुवै समूह आन्तरिक छलफलमा जुटेका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहको आज स्थायी कमिटी बैठक बस्दै छ।
मुख्यमन्त्री शङ्कर पोखरेलले सत्ता र पद लोभका कारण नेकपामा विभाजनको स्थिति पैदा भएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ओली र नेपाल–दाहाल समूहले एकअर्काविरुद्ध काउन्टर आमसभा गर्न थालेका छन्। नेपाल–दाहाल समूहले राजधानीमा शुक्रबार विशाल आमसभा गरेपछि ओली समूहले पनि वाग्मती प्रदेश कमिटीको आयोजनामा २३ गते काउन्टर आमसभा गर्ने भएको छ।
नेपाल कम्युनिस्ट पार्टी (नेपाल–दाहाल) समूहका अध्यक्षद्वय माधवकुमार नेपाल र पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले देखाएको प्रवृत्ति हेर्दा माफीमात्रै दिएर छाड्ने अवस्था नभएको बताएका छन् । राजधानीमा शुक्रबार आयोजित जनसभामा अध्यक्षद्वयले ओली भष्मासुर भएको र त्यस्ता व्यक्तिलाई सामान्य रुपको माफीले नपुग्ने बताएका हुन् ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल समूहको प्रदर्शनका कारण काठमाडौंमा ट्राफिक व्यवस्था अस्तव्यस्त बनेको छ।
‘पार्टी र संसदले पत्याउने अवस्था आएपछि हामी (प्रचण्ड–माधव)लाई पदको लोभी देखाएर संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रतिनिधिसभा विघटन गर्ने काम भयो,’ शुक्रबार वीरेन्द्रनगरमा पत्रकारहरुसँग कुरा गर्दै नेपालले भने, ‘लोकतन्त्रको मूल्य र मान्यतालाई आत्मसाथ नगर्ने प्रधानमन्त्री ओली देशका लागि सबैभन्दा ठूलो समस्या हुन् ।’
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्यताबाट हटाउने तयारी भइरहेको बताएका छन्। सुर्खेतस्थित वीरेन्द्रनगरमा बिहीबार आयोजित पार्टी भेलामा अध्यक्ष नेपालले कम्युनिस्टको खोल ओढेका तानाशाहलाई पार्टीभित्र कुनै स्थान नभएको उल्लेख गरे।
नेकपा ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल र पुष्पकमल दाहालबीचको सम्बन्ध सिनेमा जस्तो भएको बताएका छन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहले शुक्रबार राजधानी काठमाडौंमा जनशक्ति प्रदर्शन गर्ने भएको छ। नेपाल–दाहाल समूहले प्रतिनिधिसभा विघटनको विरोध र पुनस्र्थापनाको पक्षमा गर्न लागिएको प्रदर्शन र सभामा एक लाखभन्दा बढी मानिस सहभागी हुने दाबी गरेको छ। प्रधानमन्त्री केपाी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि नेकपा ओली र नेपाल–दाहाल समूहमा विभाजित छ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाल–दाहाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली बदलाको भावना लिएर अघि बढ्ने स्वभावको भएको टिप्पणी गरेका छन् । ओलीले उनमा निहित खराब प्रवृत्तिलाई सच्याउन आग्रह गर्ने र चुनौती दिनेलाई शत्रुको व्यवहार गर्ने नेपालले बताए ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजित भएपछि पार्टीको असली हकदार दावी गर्ने होडबाजी चलेको छ । पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेपाल–दाहाल समूह र ओली समूहमा विभाजित भएपछि नेकपाको असली हकदार दुवै पक्षले आफूहरू भएको दाबी गर्दै आएका छन् ।
पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि विभक्त हुँदै गएको सत्तारूढ दल नेकपामा देशव्यापी विभाजन आएसँगै दाहाल–नेपाल र ओली समूहबीच एकले अर्को पक्षविरुद्ध आन्दोलन गर्ने मात्र नभएर कारबाही र मनोनित गरी जिम्मेवारी तोक्ने क्रम जारी छ।
नेकपा कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले यही माघ ९ गते काठमाडौँमा जनप्रदर्शन गर्ने भएको छ।