१३ फाल्गुन २०७७ बिहीबार

तस्बिरमा सिंहदरबार महिला मार्च

महिला हिंसा लगायतका घटनाको विरोधमा बृहत नागरिक आन्दोलनले सिंहदरबार महिला मार्च गरेको छ। बसन्तपुरबाट सुरु भएको मार्च भद्रकाली अगाडि पुगेको थियो। कालो कपडा लगाएर आँखामा कालो पट्टी लगाएका महिलाहरुले सांकेतिक प्रदर्शन गरेका थिए। उनीहरुले बलात्कार खुलेआम बलात्कृत गुमनाम, ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ, हामीलाई स्वास फेर्न कसको अनुमति चाहिन्छ ? जस्ता नारा लगाएका छन्।

सिंहदरबार महिला मार्च : ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ, हामीलाई स्वास फेर्न कसको अनुमति चाहिन्छ ?

महिला हिंसा लगायतका घटनाको विरोध गर्दै सिंहदरबार महिला मार्च भएको छ। बृहत नागरिक आन्दोलनको अगुवाईमा महिला मार्च भएको हो। बसन्तपुरबाट मार्च सुरु भएको छ। कालो कपडा लगाएर महिलाहरु मार्चमा सहभागि भएका छन्। उनीहरुले बलात्कार खुलेआम बलात्कृत गुमनाम, ए हजुर एउटा प्रश्न सोध्न पाइन्छ, हामीलाई स्वास फेर्न कसको अनुमति चाहिन्छ ? जस्ता नारा लगाएका छन्।

संसद विघटनको विरोधमा जुत्ता झुण्डाएर प्रदर्शन

प्रतिनिधिभसभा विघटनको विरोधमा विवेकशील पार्टीले प्रदर्शन गरेको छ। सोमबार माइतीघरमा जुत्ता झुण्डाएर दलका कार्यकर्ताले प्रदर्शन गरेका हुन्। उनीहरुले 'विभि विधान नकुल्च' भन्ने प्ले कार्ड बोकेका थिए। उनीहरुले असंवैधानिक संसद विघटन खारेज गर्नसमेत भनेका थिए।

प्रतिगमनविरुद्ध ‘जनता जागेपछि’ (फोटो फिचर)

प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले मंगलबार काठमाडौंको शोभा भगवतीमा प्रदर्शन गरेको छ। उनीहरुले सहिद दशरथ चन्द र गंगालाल श्रेष्ठले सहादत प्राप्त गरेको स्थानमा विरोध कार्यक्रम गरेका हुन् ।

शहिद धर्मभक्तको सालिक छेउबाट संसद विघटनको विरोध (फोटो फिचर)

प्रतिनिधिसभा विघटनको विरोधमा वृहत नागरिक आन्दोलनले आइतबार काठमाडौंको सिफलमा प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा भंग गरेपछि वृहत नागरिक आन्दोलनले निरन्तर प्रदर्शन गर्दै आइरहेको छ।

पोखरामा संसद विघटनविरुद्ध नागरिक समाजको आन्दोलन सुरु

पोखरामा नागरिक समाज संसद विघटनविरुद्ध आन्दोलित भएका छन् । काठमाडौंमा नागरिक समाजले दैनिक आन्दोलन गरिरहँदा पनि मौन बसेको पोखरेली नागरिक समाजले शनिबारदेखि बृहद नागरिक आन्दोलन–पोखरा शुरु गरेको हो ।

संसद विघटनविरुद्ध काठमाडौँमा नागरिक समाजको अहिंसात्मक प्रदर्शन (फोटो फिचर)

नागरिक आन्दोलनका अगुवाहरुले संसद विघटनविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री केपी ओलीको कदमलाई प्रतिगामी र गैरसंवैधानिक भन्दै शनिबार पनि माइतीघरमा अहिंसात्मक प्रदर्शन गरेको हो ।

संसद् विघटनविरुद्ध माटोको टिका लगाएर ‘बालुवाटार मार्च’ गरिँदै

प्रतिनिधि सभा विघटनविरुद्ध ‘बृहत नागरिक आन्दोलन’ ले माटोको टीका लगाएर प्रदर्शन गर्ने भएको छ।

ओलीको प्रतिगमनविरुद्ध राजधानीमा प्रदर्शन

संघीय संसद्को प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी आन्दोलनमा उत्रिएको जनता समाजवादी पार्टीले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ। आइतबार दिउँसो काठमाडौंमा जसपाका कार्यकर्ताहरूले र्‍याली निकाले। र्‍यालीपछि गरिएको सभामा बोल्दै जसपाका नेताहरूले संसद् विघटनविरुद्धको आन्दोलनलाई अझै सशक्त बनाउने चेतावनी दिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्