१७ जेष्ठ २०७७ शनिबार

कोरोना संकटले लखेटिएकाहरु !

विद्यालय पढ्दा पढ्दै मजदुरीका लागि उपत्यकाको ईट्टाभट्टा पुगेकी १९ वर्षिया मंगलीको (नाम परिवर्तन) साथमा ४ वर्षको छोरो छ । स्थानीय विद्यालयमा ५ कक्षा पढेकी उनि नाईकेको साथ लागेर आफू जस्तै अन्य दर्जनौ साथीसंगै ईट्टा बोक्न गएकी हुन् ।

रुकुम हत्याको विरोधमा राजधानीमा प्रर्दशन

जाजरकोट चौरजहारीका नवराज विकसहित ६ जनाको हत्याको विरोधमा नेपाल दलित संघ र नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।

तरकारी र फलफूलका गाडी निषेध

दार्चुला जिल्लामा बाहिरी जिल्लाबाट आयात हुने तरकारी र फलफूल गाडी निषेध गरिएको छ । महाकाली नगरपालिका–६ का एक युवक बिहीबार कोरोना संक्रमित भेटिएपछि सतर्कताको लागि तरकारी र फलफूल ढुवानी गर्ने सवारी साधनको प्रवेशलाई पूर्णरुपमा रोक लगाइएको हो ।

पोषिलो खानेकुरासहित सुत्केरी भेट

लकडाउनकै बीचमा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेमा सुत्केरी भेट गरिएको छ । साविकको खाल्ले–२ की ३९ दिनकी सुत्केरी ज्ञानकुमारी घिमिरे (ढुंगाना)लाई पोषिलो खानेकुरासहित सुत्केरी भेट गरिएको हो ।

‘२६ दिनमा पनि घर पुगिएन’

खोटाङबाट भारतको आगरा पुग्न वा आगराबाट फर्कन गाडीमा दुईदेखि तीन दिन लाग्छ । तर, कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणका लागि लागू गरिएको लकडाउनका कारण आगराबाट मे २ तारिख (बैसाख २० गते) हिँडेका केपीलासगढी गाउँपालिका–४ बाक्सिला हल्कुमका राजु राई हालसम्म घर आइपुग्न सकेका छैनन् ।

आमाको हत्यापछि छोराले गरे आत्महत्या

कसैले सोच्न नसक्ने घटना बिहीबार मोरङको बेलबारीमा घटेको छ । आफ्नै छोराले आमाको हत्यापछि आत्महत्या गरेको घटना सार्वजनिक भएको छ ।

क्वारेन्टिनमा न्युनतम सुविधा नभएको गुनासो

न्युनतम पनि सुविधा नभएको बाँकेका क्वारेन्टिनमा बसिरहेका व्यक्तिले गुनासो गरेका छन् । बाँकेका आठ वटै स्थानीय तहले भारतबाट हालै फर्केका व्यक्तिलाई क्वारेन्टिनमा राखेका छन् । क्वारेन्टिन ब्यवस्थापनका लागि स्थानीय तहले फरक–फरक सुविधा दिदै आएका छन् । कतिपय क्वारेन्टिनमा न्युनतम सुविधा पनि नभएपछि गुनासो बाहिर आएको हो ।

गणतन्त्रमै दलितमाथि धेरै आक्रमण

गणतन्त्रमा समेत दलित समुदायमाथि निरन्तर आक्रमण भइरहेको म्याग्दीका दलित अगुवाहरूले गुनासो गरेका छन् । गणतन्त्र स्थापनाको १३ वर्षमा प्रवेश गरिसक्दा समेत दलित समुदायमाथिको हिंसा नरोकिएको भन्दै आक्रोशित भएका छन् ।

रौतहटमा १२ राउन्ड हवाई फायर

रौतहटमा क्वारेन्टिन निर्माणको क्रममा स्थानीयबासी र प्रहरीबीच झडप भएपछि हवाई फायर भएको छ । रौतहटको कटहरिया नपा १ भसेढवामा रहेको माध्यमिक विद्यालयमा स्थानीयबासीले क्वारेन्टिन निर्माणलाई अवरोध गरेका थिए ।

‘चक्रपथ, पोखरा स्याट्लाइट सिटी’ बनाउने प्रदेश सरकारको योजना

तीन दशक अघि सुरु गरिएको थियो पोखरा चक्रपथको गुरुयोजना । योजना कार्यान्वयनमा आउन सकेको छैन । तत्कालिन जिल्ला विकास समिति कास्कीले योजना अघि सारेको थियो । सर्भे गरियो । सर्भे रिपोर्ट थन्कियो । सर्भेले ८२ किलोमिटर रिपोर्ट आयो ।

पानीको परम्परागत श्रोतको सरसफाई गरी मनाइयो सिथि नखः

पानीका परम्परागत श्रोतहरुको सरसफाई गरी बिहीबार काठमाडौ उपत्यकाका नेवारहरुले सिथि नखः पर्व मनाइका छन् । टोलटोलमा रहेका इनार, कुवा, ढुंगेधारा, पोखरी आदि सरसफाई गरी पर्व मनाइएको हो ।

करेन्ट लागेर वृद्धको मृत्यु

बन्दीपुर गाउँपालिका–२ गोलडाँडामा करेन्ट लागेर वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ७० वर्षीय गणेशबहादुर आले रहेको इलाका प्रहरी कार्यालय बन्दिपुरले जनाएको छ ।

नियमित व्यायाम गर्छु

प्रकृतिको यो कहालीलाग्दो समयमा हामी आआफ्नो घरभित्रै सिमित भएका छौं । आजको यो आधुनिक विश्वलाई यति सुक्ष्म जीवाणुले निरीह बनाउला भनेर कसैले कल्पना समेत गरेका थिएनन होला । यो अकल्पनीय समयमा हामीले चुपचाप घरमा बस्नुको अर्को विकल्प भएन र छैन ।

लकडाउनमा गल्छी–त्रिशूली–मैलुङ सडकको काम धमाधम

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत निर्माण भइरहेको गल्छी–त्रिशूली–मैलुङ रसुवागढी सडक निर्माणको लकडाउनमा पनि धमाधम भइरहेको छ । धादिङको गल्छीदेखि चीनको सीमा रसुवागढीसम्म ८२ किलोमिटर लम्बाईको सडकलाई तीन खण्डमा विभाजन गरेर निर्माणको काम भइरहेको हो ।

सिर्जनात्मक बन्दाबन्दी

लकडाउनमा मेरा ९ वटा रचना प्रकाशन भैसकेका छन् । म रचना तयार गर्छु तर प्रकाशन होला कि नहोला भनेर कहिल्यै चिन्ता गर्दिनँ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्