१४ जेष्ठ २०७७ बुधबार

संरक्षणका लागि सिस्नु खेती गर्दै स्थानीय तह

केही वर्ष अघिसम्म सिस्नुलाई एउटा वनस्पतिको दृष्टिकोणले मात्र हेर्ने गरिन्थ्यो । गाउँघरको बारी, डिल, काल्ला, पाखामा फल्ने सिस्नुको खासै महत्व थिएन । थोरैले मात्र तरकारीको लागि प्रयोग गर्थे । धेरैले त घाँसदाउरा गर्दा सिस्नोले पोल्ने डरले सिस्नोलाई फाँडेर फ्याल्ने गर्थेे । तर अहिले मानिसहरुले यसको महत्व बुझेर यसलाई सिस्नु फाँडेर फाल्नुको साटो संरक्षण गर्न थालेका छन् । केही ठाउँमा भने यसैलाई आम्दानीको श्रोत बनाएका छन् ।

जताततै हावाहुरीको वितण्डा

भिषण हावाहुरीले खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीस्थितइन्द्रेणीपोखरीको संरचना ढालेको छ । इन्द्रेणीपोखरीको पर्यटन प्रवद्र्धनका लागि वर्ष दिनअघि पोखरीमा बनाइएको फलामे पुलको रेलिङ, पुलमाथिबाट बनाइएको फलामको पाताको इन्द्रेणीको आकृति, पोखरी प्रवेश गर्ने गेट लगायतका संरचना हावाहुरीले बिगारेको हो ।

माछा पोखरीमा वृद्धा मृत भेटिइन्

उदयपुरकी एक वृद्धा माछा पोखरीमा मृत भेटिएकी छिन् । त्रियुगा नगरपालिका १ जोगीदहकी ६९ वर्षीया मधुमाया खत्री स्थनीय माछा पोखरीमा बुधबार मृत भेटिएको प्रहरीले जनाएको छ ।

उत्खननको विरोध गर्दा दिलिपको हत्या, ६ महिनापछि फेरि अवैध उत्खनन सुरु

धनुषाको मिथिला नगरपालिकास्थित औरही खोलामा अवैध उत्खनन सुरु भएको छ । अवैध उत्खननको विरोध गर्दा क्रसर व्यवसायीद्धारा स्थानीय दिलिप महतोको हत्या भएको घटनाको करिब ६ महिनापछि फेरी सोही खोलामा फेरी मापदण्ड विपरित उत्खनन सुरु भएको हो । नगरपालिबाट ठेक्का पाएको मिथिला कन्स्ट्रक्सनले लगातार १५ दिनदेखि अवैध उत्खनन गरेपछि स्थानीयहरु विरोधमा उत्रेका छन् ।

पाँंचतले मन्दिरको पुनर्निर्माणमा स्काउट लिडर

नेपाल स्काउत जिल्ला समिति भक्तपुरका स्काउट लिडरहरु बुधबार प्रसिद्ध पाँंचतले मन्दिरको जिर्णाेद्धारको श्रमदानमा जुटेको छन् । लकडाउनदेखि प्रत्येक दिन फरकफरक काममा जुट्दै आएका उनीहरु पाँचतले मन्दिरको जिर्णाेद्धारमा खटिएको स्काउट जिल्ला समिति भक्तपुरका प्रमुख आयुक्त रामगोपाल कर्माचार्यले बताए ।

‘लाहुर्या आइग्या ! भाग’

भारतबाट फर्केकाहरु बाटैबाटो हिँडेर क्वारेन्टाइन जान लाग्दा डोटी, बडिकेदारकी धौली बिक ‘लाहुर्या (भारतबाट फर्केकाहरु) आइग्या ! भाग’ (लाहुरे आए ! भागौ) भन्दै साथीसँगीलाई सचेत गराइरहेकी थिइन् । कोरोनाको सन्त्रास छाएका बेला भारतबाट फर्केकाहरुलाई बाटो छोड्दै उनीहरु बाटो काटेर गए ।

राष्ट्रिय युवा पत्रकारिता पुरस्कार नागरिककर्मी सहित ६ जनालाई

नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने राष्ट्रिय युवा पत्रकारिता पुरस्कारबाट ताप्लेजुङका नागरिक संवाददाता खगेन्द्र अधिकारीसहित ६ जना पत्रकार पुरस्कृत हुने भएका छन् । युवा तथा खेलकुद मन्त्रालयले मंगलवार अबेर सूचना जारी गर्दै राष्ट्रिय युवा पत्रकारिता पुरस्कार २०७६ बाट पुरस्कृत हुने पत्रकारहरुको सूची सार्वजनिक गरेको हो ।

लक्ष्य १२ सय किलोमिटर सडक कालोपत्रे भयो ५५९ किलोमिटर मात्रै

संघीय सरकारले चालु आर्थिक वर्षको आठ महिनाको अवधिमा पाँच सय ५९ किलोमिटर सडक कालोपत्रे गरेको छ। चालु आवमा सरकारले १२ सय किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो।

रक्सोल नाकाका अलपत्र नेपालीलाई स्वदेश भित्र्याउने

लकडाउन सुरु भएदेखी रक्सोल नाकामा सिमापारी आएर रोकिन सुरु भएका नेपालीहरूलाई बुधवार वीरगन्ज भएर स्वदेश भित्र्याउन लागिएको छ । लामो समयदेखि सीमावर्ती भारतीय शहर रक्सौलको क्वारेन्टिनमा रहेका नेपाली स्वदेश फर्किन लागेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

भारतबाट आएका आइसोलेसनमा भर्ना

कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा भर्ना गरिएको छ।

सीमा निगरानी गर्न खयरभट्टी पुग्यो सशस्त्र प्रहरी

बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर ४ मा पर्ने खयरभट्टीस्थित बाँसखोली(नेपाली भूमि) मा संरचना निर्माण गरिएको यर्थात कुरा बुझ्न सशस्त्र प्रहरी पुगेको छ ।

जिल्ला भित्रनेक्रम वृद्धि

जिल्ला प्रशासन कार्यालय दैलेखले कामको सिलसिलामा छिमेकी मुलुक भारत गएका ४२ हजार नागरिक जिल्ला भित्रने प्रक्षेपण गरेको छ।

बूढानीलकण्ठ मन्दिर क्षेत्र सिल

बूढानीलकण्ठ नगरपालिका वडा नं ३ स्थित बूढानीलकण्ठ मन्दिर तथा शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र आसपास सिल गरिएको छ।

‘एसइई खारेजी गरौं’

‘विद्यालय तह भनेकै कक्षा ८ र अन्तिम तह भनेको कक्षा १२ हो । यस्तो अवस्थामा बीचमा कक्षा १० को परीक्षा केन्द्रीय बोर्डले लिनुको कुनै औचित्य नै छैन ।’

निकुञ्जभित्र निर्धक्क वनको राजा

यतिबेला जंगलको राजा मानिने पाटेबाघ बर्दियाका निकुञ्जमा निर्धक्क घुमेकोघुम्यै छन्, तिनलाई हेर्न आउने पर्यटक भने छैनन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्