१४ माघ २०७७ बुधबार

तीनै तहका निकायमा अर्थपूर्ण महिला सहभागिताको माग

महिला हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा देशभर विविध कार्यक्रम आयोजना भइरहेका बेला सरोकार भएका निकायका अभियानकर्मीले अर्थपूर्णरूपमा महिलाको सहभागिता हुनुपर्नेमा जोड दिएका छन्।

महिला हिंसाविरुद्धको राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघले आदिवासी जनजाति महिला हिंसाविरुद्धको राष्ट्रिय परामर्श कार्यक्रम सम्पन्न गरेको छ।

सबैखाले हिंसाको अन्त्य हुनुपर्छ: मन्त्री मगर

खानेपानीमन्त्री बीना मगरले लैंगिक हिंसाविरुद्ध समाज एकबद्ध भएर अगाडि बढ्नुपर्ने बताएकी छन्। बुधबार पुनर्वास नगरपालिकाले लैंगिक हिंसाविरुद्धको १६ दिने अभियानका अवसरमा आयोजना गरेको कार्यक्रममा उनले हिंसारहित समाज निर्माणका लागि समाजका हरेक तप्काले एकबद्ध भएर अगाडि बढ्नुको विकल्प नरहेको बताइन्।

लैगिंक समानता नीतिको मस्यौदा पारित हुँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय लैगिंक समानता नीतिको मस्यौदा मन्त्रिपरिषदबाट पारित हुने क्रममा रहेको जानकारी दिएका छन्।

लैगिंक हिंसापीडितको मानवअधिकार संरक्षण तथा सम्बर्धनका लागि संवेदनशील हुन प्रमको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले कुनै पनि प्रकारको लैगिंक हिंसा तथा विभेदलाई किञ्चित नसहने बताएका छन्।

लैगिंक हिंसाविरुद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा दीप प्रज्वलन

लैगिंक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने नाराका साथ लैगिंक हिंसाविरुद्धको १६ दिने अभियान बुधबारदेखि सुरु हुँदैछ।

सिकाइमा लैंगिक विभेद

एउटै घरमा पनि छोरालाई अनलाइन कक्षाका लागि मोबाइल किनिदिने तर छोरीलाई त्यस्तो मोबाइल छुन पनि नदिने अभिभावकहरूको व्यवहारले बालमनोविज्ञानमा नराम्रो असर पर्ने सम्भावना पनि उत्तिकै छ। यसरी छात्राप्रतिको विभेद घरबाटै त्यो पनि आफ्नै अभिभावकबाट भएको देखिन्छ।

विपद्, टहरा र लैंगिक हिंसा

२०७५ चैत १७ गते बारा–पर्सामा आएको ‘टोर्नेडो’ले अकल्पनीय क्षति पु-यायो। टोर्नेडोलाई नेपालीमा हावा–हुन्डरी, चक्रवात वा भुमरी भन्ने गरिन्छ। यो भुमरीले २८ जनाको ज्यान लियो।

२५ नोभेम्बरलाई लैंगिक हिंसा विरुद्धको अभियान र मंसिर ११ लाई 'सामाजिक सुरक्षा' दिवस मनाउने निर्णय

सरकारले २५ नोभेम्बरलाई लैंगिक हिंसा विरुद्धको अभियान दिवस मनाउने निर्णय गरेको छ। मन्त्री बास्कोटाले भने, ‘महिला हिंसालाई नियन्त्रण गर्न, निरुत्साहित गर्न, महिलाको सुरक्षा गर्न सरकार, सरोकार निकाय र नागरिक समाजको समेत सहभागितामा अभियान सञ्चालन गर्ने निर्णय गरिएको छ।’

लैंगिक हिंसा अन्त्य गर्न संयुक्त पुर्जा

यतिबेला विश्वभर १६ दिवसीय लैङ्गिक हिंसाविरुद्धको अभियान चलिरहेको छ । यो अभियान नेपालमा पनि मनाइरहेका छौं । आजकल महिला अधिकारका विषय ग्रामीण तहमा पनि व्यापक उठ्ने गरेको छ । महिला आफ्नो अधिकारबारे सचेत हुन थालेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्