१४ श्रावण २०७८ बिहीबार

इटहरीमा अत्यावश्यक सेवाबाहेक अन्य ठप्प

निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमित कर्मचारीकै संख्या बढेपछि इटहरी उपमहानगरपालिकाले एक साताका लागि अत्यावश्यक सेवाबाहेकका अन्य सबै सेवा बन्द गर्ने भएको छ।

इलामका प्रमुख बजार बन्द

कोरोनाको जोखिम र संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले जिल्लाका सबै मुख्य बजार बन्द गर्न आदेश दिएको छ।

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपियो

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले १० दिन निषेधाज्ञा थप गरेको हो।

काठमाडौं जिल्ला प्रशासनद्वारा लामो दूरीको सवारीसाधन सञ्चालन गर्न अनुमति

त्रिभुवन विश्वविद्यालय, लोक सेवा आयोग लगायतका परीक्षाहरू हुने भएकोले लामो तथा मध्यम दूरीका सवारीसाधन चलाउने व्यवस्था मिलाउन लागेको हो।

'नाम मात्रको' निषेधाज्ञाले जोखिम, अनुगमनकारी निकाय मौन

काठमाडौं उपत्यकामा जारी ‘नाम मात्रको’ निषेधाज्ञा साउन १० गतेसम्म लम्ब्याइएको छ। काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालयको बिहीबार बसेको संयुक्त बैठकले निषेधाज्ञा थप खुकुलो गरेर १० दिन लम्ब्याउने निर्णय गरेको हो।

धनकुटामा साउन १० सम्म निषेधाज्ञा

धनकुटामासाउन १० सम्म निषेधाज्ञा थप गरिएको छ। कोरोना संक्रमणको जोखिम कायमै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय धनकुटाले साउन १० गतेसम्म जिल्ला भर लागु हुने गरि निषेधाज्ञा थप गरेको हो।

इलाममा साउन ७ सम्म थपियो निषेधाज्ञा

इलाममा आउँदो साउन ७ सम्मलाई निषेधाज्ञा थपिएको छ। सिडिओ ध्रुवबहादुर खड्काले बिहीबार सूचना जारी गरी निषेधाज्ञा थपिएको जानकारी दिए।

उपत्यकाका सिडिओहरुको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

काठमाडौं उपत्यकाका जिल्ला प्रमुख अधिकारीहरुको बैठक बस्दै छ। आज दिउँसो १ बजे काठमाडौं, ललितपुर र भक्तपुरका सिडिओबीच निषेधाज्ञाबारे निर्णय लिन बैठक बस्न लागेको बताइएको छ।

धादिङमा निषेधाज्ञा खुकुलो बनाइँदै असार ३१ सम्म थप

धादिङ जिल्लामा निषेधाज्ञा थप खुकुलो बनाइदै असार ३१ गतेसम्मका लागि थप गरिएको छ ।

नेपाल र भारतबीच पैदल आवागमन सुचारु

नेपाल र भारतबीच पैदल आवागमन सुरुचारु भएको छ। दुई देशका स्थानीय जिल्ला अधिकारीबीच उच्च तहमा भएको वार्तापछि बिना सवारी साधन पैदल ओहोरदोहोर गर्नलाई छुट दिइएको छ।

पर्यटन व्यवसायी भन्छन्ः व्यवसाय टिकाउन सकस भयो

कोरोना भाइरस संक्रमणको चपेटामा परेका पर्यटन व्यवसायीले पर्यटन क्षेत्र निकै नै अप्ठेरो अवस्थाबाट गुज्रेको भन्दै सरकारको साथ नपाए व्यवसाय टिकाउन नसकिने बताएका छन् । पर्यटन क्षेत्र अस्तव्यस्त हुन थालेको भन्दै उनीहरुले चिन्ता जनाएका छन् ।

ताप्लेजुङमा असार ३१ सम्म निषेधाज्ञा थपियाे

साविककै सर्त र मापदण्डमा ताप्लेजुङमा निषेधाज्ञाको अवधि असार ३१ सम्मलाई थप भएको छ।

मोरङमा सार्वजनिक यातायात सञ्चालन हुने

मोरङमा निषेधाज्ञा एक साताका लागि थप गरिएको छ। जिल्ला प्रशासन कार्यालय मोरङले केही खुकुलो पार्दै निषेधाज्ञाको समयावधि थप एक साता थपेको हो।

डोल्पामा हट्यो निषेधाज्ञा

सर्वसाधारणको आवतजावत तथा दैनिकीलाई सहज बनाउन निषेधाज्ञा हटाइने निर्णय गरिएको भएपनि घर वाहिर निस्कदा अनिवार्य रुपमा मास्क लगाउने भौतिक दुरी कायम गर्नु पर्ने सेनिटाइजर लगाउने तथा सावुनको प्रयोग गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ।

उपत्यकाको निषेधाज्ञा थप खुकुलो, यातायातमा जोर बिजोर हटाइयो

थप खुकुलो बनाउँदै काठमाडौँ उपत्यकामा यही ३१ गतेसम्मका लागि निषेधाज्ञा लम्ब्याइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्