३० श्रावण २०७७ शुक्रबार

कालिकोटमा पहिरोले घर पुर्दा एकै परिवारका छ जनाको मृत्यु

निरन्तरको वर्षाका कारण कालिकोटको महावै गाउँपालिका–३ नकुमा पहिरोले घर पुर्दा छ जनाको मृत्यु भएको छ। घटनास्थलमा रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका स्वकीय सचिव खेमबहादुर सिंहका अनुसार बिहीबार राति साढे १२ बजे वडा सदस्य रजबहादुर विष्टको घर पहिरोले पुरेको हो।

सातै प्रदेशका विभिन्न स्थानमा ठूलो वर्षाको सम्भावना

दिउँसो प्रदेश नं ५, गण्डकी, र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा साथै प्रदेश नं १, २ र कर्णाली प्रदेशका १-२ स्थानमा भारी (ठूलो) वर्षाको समेत सम्भावना छ ।

रातिदेखि ठूलाे वर्षाको सम्भावना, होसियारी अपनाउन २४ घण्टे चेतावनी

महाशाखाले मंगलबार बिहान जारी गरेको मौमस पूर्वानुमान बुलेटिनअनुसार दिउँसो देशका अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी (ठूलो) वर्षाको समेत सम्भावना छ ।

खोलानाला अतिक्रमणले जलमग्न धनगढी

सुदूरपश्चिम प्रदेशकोराजधानीरहेको धनगढीमा पछिल्ला वर्षमा सामान्य वर्षामा हुँदा पनि डुबानमा पर्ने गरेको छ। डुबानले मुख्यबजारलगायत बस्तीहरू जलमग्न हुन थालेका छन्। सामान्य वर्षातमा पनि नगरवासीले डुबानको सास्ती झेल्नु परेको छ। घरर पसलभित्र पानी पसेर सामान नष्ट हुनुका साथै स्थानीय केही दिन विस्थापित हुनुपर्ने अवस्था सिर्जना भएको छ। शनिबारदेखि अविरल वर्षाले धनगढी जलमग्न भएर यहाँका स्थानीयवासीको बेहाल भएको छ। घरभित्र पानी पसेर विस्थापित भएकाहरूले मनकारीका साथै संघसंस्थाले मेस चलाएर खाना खुवाएका छन्।

आज दिउँसाे र राति यी प्रदेशमा ठूलाे वर्षाको सम्भावना

महाशाखाले बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर सामान्य बदली रही देशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। प्रदेश १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षाको समेत सम्भावना छ।

बुढीगंगामा बाढी, एक जना बेपत्ता

आइतबार रातिदेखि परेको अविरल वर्षासँगै बुढीगंगा नदीमा आएको बाढीले बाजुराको मालिका नगरपालिका र गौमुल गाउँपालिकामा ठूूलो क्षति पुु¥याएको छ ।

आँखाअगाडि बगर बन्यो धानखेत

धादिङको गजुरी गाउँपालिका–७ किरान्चोकका रामकृष्ण अधिकारीले गत असार अन्तिम साता ४ रोपनी खेतमा धानखेती गरे। धानको बीउ देखि रोपाइसम्म ज्याला लगाएका उनको मेहनत अहिले बगरमा परिणत भएको छ।

शनिबार रातिदेखि फेरि ३ दिन ठूलो वर्षाको सम्भावना

शनिबार राति फेरि मनसुन न्यून चापीय रेखा नेपालको नजिक आइपुग्ने सम्भावना रहेकाले कम्तीमा ३ दिन मनसुन सक्रिय हुने भएको हो।

डुबानले खाद्यान्न र धानबाली नष्ट

अघिल्लो साताको बुधबार अविरल वर्षापछि कैलालीको भजनी गाउँपालिकाका बस्तीमा बाढी पसेर २ हजारभन्दा बढी परिवारका घर डुबे। एक साता बित्दा पनि पानीको सतह नघटेर ती घर डुबिरहे। एक्कासि बाढी आउँदा हतारहतार भागेर ज्यान जोगाएका उनीहरूले धान, चामल, गहुँलगायत खाद्यान्न लान भ्याएनन्। भण्डारण गरिएको खाद्यान्न नष्ट भयो। लामो डुबानले खेतको धानमा पनि पूर्ण रूपमा क्षति पुग्यो। पानीको सतह घटिसक्दा पनि भजनीवासी खुसी हुन सकिरहेका छैनन्।

खोल्सीको बाढीसंगै आएको पहिरोले सडक छेउको बस्ती नै सखाप

सदरमुकाम चरिकोट हुँदै उत्तरको सिंगटी बजारबाट तामाकोसी नदीको किनारै किनार लामावगर पुर्‍याईएको सडक किनारामा पर्छ गौरीशंकर गाउँपालिका ८ स्थित खारे गाउँको टुनीटार ।

मानव कमजोरीकै कारण बाढीपहिरोमा ज्यान गुमाउने बढे

म्याग्दीको मालिका गाउँपालिका–७, बिम माल्थानका बिर बहादुर नेपाली दिनभरी ज्यामीको काम गरेर घर फर्किए। ज्याला मजदुरीबाट परिवारको गुजरा चलाउँदै आएका बिरबहादुरलाई गाउँको शिरानमा रहेको झुपडी सबैभन्दा सुरक्षित लाग्थ्यो।

सातै प्रदेशमा मेघगर्जनसहित वर्षाको सम्भावना, सतर्क रहन सुझाव

मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो देशभर मौसम सामान्य बदली रही सातै प्रदेशका विभिन्न स्थानमा मेघगर्जनसहित वर्षा हुने सम्भावना छ ।

सामान्यदेखि ठूलोसम्म वर्षा हुने सम्भावना, सतर्क रहन २४ घण्टे चेतावनी

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्यसम्म मौसम बदली भई केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ । तर प्रदेश १, २, बागमती र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

गाउँतिर सोझियो कन्काई नदी : रातभर सुत्दैनन् ७ गाउँका बासिन्दा

नदीजन्य पदार्थको अत्यधिक दोहनका कारण पछिल्लो केही वर्षयता बाढी र डुबानको समस्या अझ बढेर गएको कन्काई नदीकै छेउमा घर र खेती भएका शिवसताक्षी नगरपालिका–७ का तेजबहादुर कुँवर बताउँछन् । ‘नदी पूरै गाउँतिर सोझिएको छ, ढुक्कले निदाउन पनि सकिएको छैन,’ उनले भने ।

अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना

महाशाखाका अनुसार अपराह्नपछि प्रदेश १, २ र बागमीतीका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्ज/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्