११ कार्तिक २०७७ मंगलबार

यस वर्ष शक्तिपीठमा दिइएन पशुबलि

जिल्लाका प्रमुख शक्तिपीठ तथा मन्दिरमा आज विजयादशीका दिन पशुबलि नदिएका कारण सुनसान देखिएको छ। गत वर्षमा दशैँका दिनमा निकै भीड लाग्ने यहाँका शक्तिपीठमा आज आवतजावत शून्यप्रायः छ।

कैदीबन्दीको कारागारमै टीका

लमजुङको बेँसीशहरस्थित जिल्ला कारागारका कैदीबन्दीले कोरोनाको त्रासका बीच कारागारमै टीका लगाएर दशैँ मनाएका छन्।

चाँडै कोरोना भाइरसलाई जित्ने छौँः राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले चाँडै कोरोना भाइरसलाई जित्ने र आगामी दशैँ सदाझैंँ हर्षोल्लासपूर्वक मनाउने विश्वास व्यक्त गर्दै बडादशैँका उपलक्ष्यमा सबैमा पुनः शुभकामना दिएकी छन्।

संक्रमितलाई सङ्क्रमितबाटै टीका

दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा रहेका संक्रमितलाई विजयादशमीको टीका र जमरा लगाइएको छ।

प्रधानमन्त्री ओली दम्पतीले राष्ट्रपतिबाट लगाए बडादसैंको टीका

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारीअनुसार राष्ट्रपतिले प्रधानमन्त्री ओलीलाई टीका र जमराको माला लगाइदिएकी हुन्।

सामूहिक टीका कार्यक्रम नभएपछि कोटभैरव मन्दिर सुनसान

विजयादशमीका दिन प्रत्येक वर्ष सामूहिक टीका कार्यक्रमले चहलहल हुने पोखरा महानगरपालिका–३३ भरतपोखरीस्थित कोटभैरव मन्दिर आज सुनसान देखिएको छ।

दसैंको टीकाका दिन बिहानै भावुक हुँदै सन्दीप लामिछानेले भने : मन त नेपालमै छ

दसैंका बेला पनि घर आउन नपाएपछि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने भावुक बनेका छन्।

विहानै सकियो खम्ये जात्रा

भक्तपुरको खम्ये (ठूलो राँंगो) जात्रा यसपालि विहानै सकाइएको छ । प्रत्येक वर्ष महानवमीमा बेलुका दौडाउने खम्य जात्रा यसवर्ष विहानै सकाइएको हो । कोरोनाका कारण भीडाभाड हुनबाट जोगाउन एकाविहानै सिमित मानिसको सहभागितामा जात्रा सकाइएको हो ।

दसैंमा त्यो खसी काटिँदा रुन्थें म : दीपकराज गिरी

दसैंको सन्दर्भमा फेसबुकमा स्टाटस लेख्दै उनले पहिले आफू पनि मांसहारी भएको तर ८ वर्षयता शाकाहारी भएको उल्लेख गरेका छन्।

सिकालीको प्रसाद प्रधानमन्त्रीलाई

प्रधानमन्त्री केपी शर्मा ओलीलाई ऐतिहासिक खोकनास्थित सिकालीका देवता खलकले आज सिकाली जात्राकोे प्रसाद हस्तान्तरण गरेका छन्।

रोकियो दहीजात्रा

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका, तौथलीमा अवस्थित त्रिपुरासुन्दरी माईको मन्दिरमा बडादसैंको एकादशीमा लाग्दै आएको दहीजात्रा यस पटक नहुने भएको छ।

दसैं आयो, रौनक आएन

घटस्थापनामा राखिएका जमरा हुर्किसकेका छन्। घमाइलो दिन, खेतमा झुलेका धानका बाला, खुलेको नीलो आकाश अनि उडेका चङ्गाले दसैंको स्वागत गरिरहेका छन्। शरद ऋतुको यस मौसमले दसैंलाई स्वागत गरे पनि आमनागरिकलेल मनैदेखि दसैं भित्र्याउन सकिरहेका छैनन्।

विधिपूर्वक गरियो महागौरीको पूजाराधना

नवरात्रको आठौँ दिन दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी आठौँ महागौरीको विधिपूर्वक पूजाराधना गरिएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमीको आठौँ दिन महागौरीको विधिपूर्वक पूजाराधना गर्ने वैदिक सनातनी परम्परा छ।

अनिष्टको त्रासले जमरा राख्दैनन् माझी समुदाय

बागलुङ नगरपालिका वडा नं १ खनियाबास, सुन्दर बस्तीमा हिजोआज दशैंँको रौनक छ। कालीगण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्