भारतमा कोरोना सङ्क्रमितको संख्या एक करोड ६ लाख बढी
विगत २४ घण्टाको अवधिमा भारतमा १४ हजार ८ सय ४९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड छ लाख ५४ हजार ५ सय ३३ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आइतबार जनाएको छ।