कांग्रेसले पत्रकार सम्मेलन गर्दै
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो।
वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन र त्यसको परिणामबारे जानकारी दिन पत्रकार सम्मेलन गर्न लागेको हो।
राजनीति जुन पेसाका रूपमा बनाइएको छ, यसलाई पेसा होइन, सेवा बनाउने हो। पहुँचको आधारमा नभई प्राथमिकता र आवश्यकताका आधारमा विकास र काम गर्ने हो।
उपमेयरमा काँग्रेसकी इन्दिरा दरै विजयी भएकी छन्। दरैले १३ हजार ४९८ मत ल्याएर विजयी भएकी हुन्। उनको निकटम प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत ल्याइन्। व्यास नगरपालिका नेपाली कांग्रेसको पकड क्षेत्र हो।
वीरगन्ज महानगरपालिका–३२ का विजय पन्जियार (चौधरी) लाई स्थानीय तह निर्वाचनअन्तर्गत आफ्नो महानगरको अन्तिम नतिजाप्रति जति चासो छ, त्योभन्दा बढी चासो छ–काठमाडौं महानगरपालिकाको नतिजाप्रति।
पार्टी निर्णयविरुद्ध बागी बनेर चुनावी मैदानमा उत्रिनेमा कांग्रेस नेता तथा कार्यकर्ता मात्र छैनन्, प्रमुख प्रतिपक्षी एमाले, सोही पार्टीबाट अलग भएर बनेको नेकपा एकीकृत समाजवादी लगायत दलका नेताकार्यकर्ता पनि छन्। जनमत एकातिर पार्टी निर्णय अर्कोतिर हुँदा भएको विद्रोह र त्यसको परिणामले पार्टीहरूलाई सोच्न बाध्य पारेको हुनुपर्छ।
सिरहाको बरियारपट्टी गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन्।
गत वैशाख २५ गते भानुचोकमा आयोजित चुनावी सभामा स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ)ले भनेका थिए, ‘चुनावपछि धरान स्वतन्त्र हुनेछ।’ उनले पार्टीले जितिरहने तर जनता हारिरहने प्रवृत्तिको अन्त्य गर्ने र पार्टीको लगाम तोडेर धरान स्वतन्त्र भाई बाँच्ने दाबी गरेका थिए।
कोहलपुर नगरपालिकामा नेपाली कांग्रेसका पूर्णप्रसाद आचार्य र संगिता सुवेदी निर्वाचित भएका छन्।
मोरङको रंगेली नगरपालिकाको मेयरमा नेकपा एमालेका दीलिपकुमार अग्रवाल पुनः निर्वाचित भएका छन्।
पोखरा महानगरपालिकाको मेयर पदको प्रतिस्पर्धामा नेकपा एकीकृत समाजवादीका धनराज आचार्य अग्र स्थानमै छन्।
चितवनको भरतपुर महानगरपालिकामा एक लाखभन्दा बढी मत गनेर सकिएको छ। ९ दिनको अवधिमा १ लाख ५५४ मत गणना गरिएको हो। भरतपुमा १ लाख २७ हजार ८३९ मत खसेको थियो।
रुपन्देहीको तिलोत्तमा नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ। ३१ हजार ७०१ मत गणना हुँदा नेपाली काँग्रेसका रामकृष्ण खाणले १२ हजार ३१५ मतसहित अग्रता कायम राखेका हुन्।
वैशाख ३० गतेसम्म भएको स्थानीय तह निर्वाचनबाट धरान उपमहानगरपालिकाको प्रमुख पदमा चुनाव चिह्न लौरो भएका स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ) निर्वाचित भएका छन्। निकटतम प्रतिद्वन्द्वी सत्तारुढ दलहरुको लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्वार किशोर राईलाई ४ हजार ७६२ मतान्तरले उनले पराजित गरे।
कपिलवस्तुको शुद्धोधन गाउँपालिकामा २०७४ सालमा जोसँग लडेर पराजित भएका थिए, उसैलाई हराउँदै लोसपाका नेता कमलेश चौधरीले अहिले चुनाव जितेका छन्।
ताप्लेजुङ जिल्ला समन्वय समितिको प्रमुखमा माओवादी केन्द्रका युवा नेता मिङ्माडण्डु शेर्पाको नाम चर्चामा देखिएको छ। समन्वय समितिको प्रमुखका लागि माओवादीकै गंगाराम शंकर पनि आकाँक्षी छन्।