२० आश्विन २०७९ बिहीबार

मोरङमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बिहीबार मोरङमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सहित ६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो।

समानुपातिकको बन्दसूचीबाट २९ जनाको नाम फिर्ता

फिर्ता लिनेमा दुवै तहमा गरी नेपाली कांग्रेसका नौ, नेकपा (माओवादी केन्द्र)का दुई, जनता समाजवादी पार्टीका पाँच, एकीकृत समाजवादी र जनता समाजवादीका पाँच, नागरिक उन्मुक्ति पार्टीका एक, पुनःजागरण पार्टीका एक र राष्ट्रिय नागरिक पार्टीका पाँच जना रहेका छन्।

प्रत्यक्षतर्फको उम्मेदवार मनोनयनपत्र दर्ता गर्न तीन दिन बाँकी

निर्वाचन आयोगले तय गरेको निर्वाचन कार्यक्रमअनुसार यही असोज २३ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र मनोनयनपत्रको सूची प्रकाशन गर्ने कार्यक्रम छ। असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने तथा असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका छ।

मौलिक र व्यवहारिक घोषणापत्र बनाउन कांग्रेसलाई प्रवासी नेपालीको सुझाव

वक्ताहरुले आर्थिक मितव्ययिता, भ्रष्टाचार कम गर्ने नीति, सरकारी विद्यालयलाई प्रविधियुक्त बनाएर फ्रि वाईफाई हुनुपर्ने, देशैभरिको सडक व्यवस्थापनको लागि राष्ट्रिय रोड प्राधिकरण हुनुपर्ने, बढ्दो व्यापार घाटा कम गर्न उत्पादनमा बृद्धि, रोजगारी, विदेशमा सिकेको सिप र ज्ञानलाई नेपालमा भित्राउन कानूनी व्यवस्था, मैत्रीपूर्ण लगानी सम्बन्धी कानून लगायतका सुझाव दिए ।

निर्वाचन कार्यालयहरु स्थापना हुँदै

निर्वाचन आयोगका सहायक प्रवक्ता कमल भट्टराईका अनुसार यही असोज २० गतेभित्र सबै निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसक्ने छन्।

सिट बाँडफाँटमा जसपा असन्तुष्ट, अरु दलसँग तालमेलको ढोका खुल्ला राख्ने

शनिबार बसेको जसपा कार्यकारिणी समितिको बैठकले गठबन्धनमा भइरहेको छलफल पार्टीका लागि सन्तोषजनक नभएको निष्कर्ष निकालेको हो। प्रवक्ता मनिष सुमनले पहिलो प्राथमिकता पाँचदलीय गठबन्धन भए पनि विकल्पमा अरु दलसँग तालमेल गर्ने जसपाको निर्णय गरेको बताए।

नेकपा एमाले म्याराथन दौडिने पार्टी हो: अध्यक्ष ओली

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले राष्ट्रिय पार्टी भएकाले सबैको आकर्षणको केन्द्र र विभिन्न पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने लहर चलेको प्रष्ट पारे। अध्यक्ष ओलीले भने, ‘निर्वाचन लड्ने आँट एमाले मात्र गर्छ, यो रिले रेस होइन, म्याराथन दौडिने पार्टी हो।’

समानुपातिक प्रणालीतर्फको बन्दसूचीमा संशोधन हुँदै

आयोगले यही असोज १६ गतेभित्र संशोधित सूची बुझाउन सम्बन्धित दललाई आग्रह पनि गरिसकेको छ।

सत्ता गठबन्धनको बैठक बस्दै

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो। सत्ता गठबन्धन भित्र दलहरुले आ- आफ्नो दाबी गरेपछि सिट बाँडफाँटको टुंगो लामो समयदेखि लाग्न सकेको छैन।

एमालेले समानुपातिक बन्दसूची संशोधन गरेर भोलि बुझाउने

बिहीबार राति अबेर सम्म बसेको सचिवालय बैठकले केही बन्दसूची हेरफेर गरेर १५ गते बुझाउने तयारी गरिरहेको बैठकपछि उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले बताए।

संसदीय निर्वाचन, सुनसान छन् गाउँका चौतारा

प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको माहोल सहरका चोक तथा चिया पसलमा तातेका बेला गाउँबस्तीका चौतारा तथा चिया पसल भने सुनसान छन्। गाउँघरका नेताहरू आफू समर्थकको टिकटका लागि सहर छिरेका छन् भने किसान खेतीपातीकै धन्दामा लागेकाले गाउँका चोकचौतारा सुनसान बनेका हुन्।

काँग्रेस नेता परियारको दाबी: एमालेलाई हराउने तागत गठबन्धनमा छैन

उनले टिकट वितरणमा समानुपातिक नभए र नेताहरु नसच्चिए आगामी निर्वाचनमा काँग्रेसले धेरै सिट जित्न नसक्ने बताए। प्रधानमन्त्री शेरबहादुर देउवा र गृहमन्त्री बालकृष्ण खाँणले समानुपातिकमा आफ्ना श्रीमतीहरुलाई राखेकोप्रति आक्रोश व्यक्त गर्दै राजाको विरोध गर्नेहरु नै आज पार्टीका राजा बनेको उनले आरोप लगाए।

राम्रा काम जसले गरे पनि एमालेले समर्थन गर्छ: ईश्वर पोखरेल

काठमाडौँ वडा नम्बर ३ स्थित रानीदेवी समूहले आज लाजिम्पाटमा आयोजना गरेको बडादशैंको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले राम्रा काम गर्नेको पक्षमा नेकपा (एमाले) उभिने बताएका हुन्।

हिमेश पन्त राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार सिफारिस

पार्टीले उनलाई आगामी मंसिर ४ गते हुने प्रत्यक्ष तर्फको निर्वाचनमा धादिङ क्षेत्र नम्बर १ बाट उम्मेदवार सिफारिस गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्