१ आश्विन २०७८ शुक्रबार

कांग्रेसमा युवा आकर्षण

अहिलेको नेतृत्व पुस्ताले यही गतिमा युवा आकर्षण बढाउँदै अभिभावकीय भूमिका निर्वाह गर्न सक्यो भने त्यो पार्टीका लागि राम्रो त हुने नै छ, कम्युनिस्ट नामधारी पार्टीका लागि पनि ठूलो चुनौती हुनेछ।

कांग्रेस महाधिवेशनः वडा अधिवेशनबाटै ‘गुटगत प्रतिशोध’

तुलसीपुर उपमहानगरपालिका–११ का डिल्लीबहादुर बस्नेत कांग्रेस क्षेत्रीय प्रतिनिधि उम्मेदवार चुनिए। यो वडामा दुई गुट बनाएर चुनावी अभियानमा होमिएका कांग्रेसीको एउटा गुटको नेतृत्व बस्नेतले गरे।

कांग्रेस पोखरा महानगर सभापतिमा पत्रकार, उद्योगी र वडाध्यक्षसहितका आकांक्षी

नेपाली कांग्रेस पोखरा महानगर सभापतिका लागि ६ जनाबीच प्रतिश्पर्धा हुने भएको छ । उम्मेदवारी दिनेमा पत्रकार, हालका वडाध्यक्ष, उद्योगी सहितका आकांक्षी छन ।

कांग्रेस नगरसभापतिमा रमेश राउतको उम्मेद्वारी घोषणा

खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा कांग्रेसको नगरसभापति पदमा युवा नेता रमेश राउतले उम्मेद्वारी दिने घोषणा गरेका छन्।

कांग्रेस महाधिवेशन : ‘तुष’ जन्माएका वडा अधिवेशन

वडा तहसम्मै मौलाएको कांग्रेसको गुटगत राजनीतिका कारण जिल्लाका केही ठूला नेताहरुका लागि वडा अधिवेशन सुखद बन्न पुगेन । केही नेताहरु त चुनावी रेसबाटै पछि हट्नु पर्यो।

सभापतिको दौडबाट पछि हट्दिनः महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आफू सभापतिको पदबाट पछि नहट्ने बताएका छन्।

कांग्रेसको अधिवेशन कार्यतालिका संशोधन

नेपाली कांग्रेसले पार्टीको १४औँ महाधिवेशन अन्तर्गतको अधिवेशन कार्यतालिका संशोधन गरेको छ।

नेपाली काँग्रेसको १४औँ महाधिवेशन रोक्न सर्वोच्चमा रिट

‘विश्वभरि नै भेला र मेलाका कारण कोरोना सङ्क्रमण फैलिरहेको छ, अहिलेको अवस्था भनेको कोरोना नियन्त्रण मुख्य काम हो’, सांसद वैद्यले भने, ‘कोरोना नियन्त्रणपछि महाधिवेशन गर्नुपर्छ, जनताको जीउज्यान सबैभन्दा ठूलो कुरा हो।’

काँग्रेसको १४औँ महाधिवेशन मंसिर ९ गतेदेखि १३ गतेसम्म हुने, यस्तो छ तालिका

क्रियाशील सदस्यको अन्तिम नामावली र निर्वाचन निर्देशिका भदौ २ गतेभित्र बुझाउने, भदौ १८ गते वडा अधिवेशन गर्ने, भदौ २७ गते गाउँ तथा नगरपालिका अधिवेशन गर्ने र असोज १ गते प्रदेश क्षेत्रको अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ।

कांग्रेसको १४औँ महाधिवेशन : आठ लाख ५२ हजारलाई क्रियाशील सदस्यता

नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ।

कांग्रेसको १४औं महाधिवेशन भदौ ७ देखि १० गतेसम्म गर्ने प्रस्ताव

नेपाली कांग्रेसको १४औं महाधिवेशन आगामी भदौ ७ गतेदेखि १० गतेका लागि प्रस्ताव गरिएको छ।

कांग्रेस बैठक १४औँ महाधिवेशनको कार्यतालिका केन्द्रित

नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा विधान बमोजिम सङ्गठनको अन्तरिम व्यवस्था गठन पश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल शुरु भएको छ।

कांग्रेस केन्द्रीय समितिमा १४औं महाधिवेशन तयारीकाे विषय प्रवेश

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा १४ वटा एजेण्डा प्रस्तुत भएका छन्। शीर्ष तहको विवादका कारण निर्धारित समयभन्दा निकै ढिलो बसेको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले १४ वटा एजेण्डा प्रस्तुत गरेका हुन्।

कांग्रेसको १४औं महाधिवेशनमा हिन्दुराष्ट्रको एजेण्डा गम्भीरताका साथ उठ्छः शेखर कोइराला

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले पार्टीको १४ औं महाधिवेशनमा हिन्दु राष्ट्रको विषय प्रमुखताका साथ उठ्ने बताएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्