१४ मंसिर २०७८ मंगलबार

मकवानपुरमा ५९ प्रतिशतले कोरोनाविरुद्ध खोप लगाए

कोरोनाविरुद्धको खोप पर्याप्तमात्रामा रहे पनि जिल्लाका ५९ प्रतिशत नागरिकले सो खोप लगाएको जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ।

माओवादी केन्द्र धरानको सम्मेलनमा विवादः बन्दसत्र अनिश्चितकालका लागि स्थगित

नेकपा (माओवादी केन्द्र) धरान उपमहानगर कमिटीको दोस्रो नगर सम्मेलनको क्रममा बन्द सत्रमा विवाद भएपछि अनिश्चितकालसम्मको लागि स्थगित भएको छ।

डब्ल्यूएचओले भन्योः नयाँ कोभिड-१९ स्ट्रेन 'ओमिक्रोन' चिन्ताजनक

विश्व स्वास्थ्य संगठनले शुक्रबार दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ संस्करण वर्गीकृत भएपछि खतराको घण्टी बजाएको स्विस फेडरल अफिस अफ पब्लिक हेल्थ (एफओपीएच) ले जनाएको छ।

कोभिड १९को ‘ओमिक्रोन भेरिएन्ट’ भारतमा पनि देखियो

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार सम्बन्धित अधिकारीहरूको आपतकालिन बैठक बोलाएर अन्तर्राष्ट्रिय यात्रामा छुट दिने नीतिको समीक्षा गर्न निर्देशन दिएका छन्।

नियमित रुपमा कोरोनाविरुद्धको खोप सञ्चालन गर्न आग्रह

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार समन्वय समितिको बैठकले निश्चित समय सम्मका लागि कोरोनाविरुद्धको खोप पनि अरु खोपजस्तै नियमित र साप्ताहिक रुपमा सञ्चालन गर्न नगरपालिकालाई अनुरोध गरेको हो।

थप ३३२ जनामा कोरोना पुष्टि, ४ जनाको मृत्यु

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ भने २३२ जना निको भएका छन्। बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार ४०१ पुगेको छ।

बेलायतमा कोरोना संक्रमण झन् बढ्यो, एकैदिन करिब ४५ हजार संक्रमित

बेलायतमा सोमबार कोरोना भाइरसको सङ्क्रमण झन् बढेको देखिएको छ। यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएअनुसार यहाँ एकै दिन करिब ४५ हजार जना सङ्क्रमित भएका छन्।

नेपाल र भारत सरकारबीच कोभिड खोप प्रमाणपत्रको पारस्परिक मान्यता

यससँगै नेपालमा कोरोनाबिरुद्धको खोप लगाएकाहरुले भारतमा मान्यता पाउँछन् भने भारतमा कोरोनाबिरुद्धको खोप लगाएकाहरुले पनि नेपालमा मान्यता पाउने भएका छन्।

अमेरिकामा कोरोना संक्रमण १८ प्रतिशतले बढ्यो

संयुक्त राज्य अमेरिकामा अघिल्लो हप्ताका तुलनामा यो हप्ता कम्तीमा पनि १८ प्रतिशतले कोरोना भाइरसको संक्रमण बढेको देखिएको छ।

थप ३८५ मा कोरोना पुष्टि, चार जनाको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा थप ३८५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ। बाह्र हजार ६७९ जनाको पिसिआर परीक्षण गरिएको थियो।

१८ वर्षभन्दा माथिका सबैलाई खोप

पहिले लक्षित वर्गलाई मात्र लगाउँदै आएको खोप अहिले १८ वर्षभन्दा माथिका सबै सर्वसाधारणलाई लगाउन थालिएको हो। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले खोप नियमित आउन थालेकाले १८ वर्षभन्दा माथिका सबैलाई नियमित खोप लगाउन थालिएको जानकारी दिए।

आजबाट १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप

कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्ष उमेर माथिका व्यक्तिलाई दिइने फाइजर खोपको पहिलो मात्रा गत कात्तिक २८ देखि यही मङ्सिर ४ गतेसम्म दिइएको थियो भने दोस्रो मात्रा यही मङ्सिर २७ देखि आगामी पुस २ गतेसम्म दिइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ।

प्रदेश १ मा ५८ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २३, मोरङमा २२, सुनसरीमा ३ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको हो।

अब खोप लगाउन पालो कुर्नु पदैन: मन्त्री खतिवडा

'अब कहाँ, कुन बार, कुन दिन खोप लगाउन पाइन्छ भनेर कुर्नु पदैन' मन्त्री खतिवडाले भने, 'सर्वसाधारणले आफूलाई पायकपर्ने खोप केन्द्रमा गई जुनसुकै बेला पनि खोप लगाउन सक्छन्।'

प्रदेश १ मा ६६ जनामा कोरोना संक्रमण

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा मोरङमा ३३, झापामा १६, सुनसरीमा ८, उदयपुरमा ३, संखुवासभा र प्रदेश १ बाहिरका १–१ जनामा संक्रमण देखिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्