११ कार्तिक २०७७ मंगलबार

प्रधानमन्त्री ओलीलाई डा. बाबुराम भट्टराईको प्रतिप्रश्नः छानबिन गर्न कसले रोक्यो?

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कुरा होइन काम गरेर देखाउन चुनौती दिएका छन्। बूढीगण्डकी आयोजनामा अर्बो अनियमितता भएको आफ्नो भनाइको प्रधानमन्त्री ओलीले खण्डन गरेपछि डा. भट्टराईले यस्तो चुनौती दिएका हुन्।

अर्बौ बाडेर खाने हर्कत हामी गर्न सक्दैनौं: प्रधानमन्त्री ओली

‘बूढीगण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन्।

बुढीगण्डकीको तरंग, नेकपाले भन्यो: क्षमा माग्नुस्, बाबुरामले भने, 'अनियमितता छानविन गरौं'

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी आयोजनामा अनियमितता भएको भन्दै सार्वजनिकरुपमा भनेपछि यसले तरंग ल्याएको छ।

बाबुराम भट्टराईलाई विवेकशील दलको आग्रहः ९ अर्ब भ्रष्टाचारको प्रमाण अख्तियारलाई दिनू

विवेकशील नेपाली दलले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बुढीगण्डकी जलविद्युत आयोजनामा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवाले भ्रष्टाचार गरेको प्रमाण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउन आग्रह गरेको छ ।

बुढीगण्डकीको कमिसनमा संलग्नता पुष्टि गर्न भट्टराईलाई कांग्रेसको चुनौती

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत् परियोजना कमिसनमा सभापति शेरबहादुर देउवाको संलग्नता रहेको भनेर पुष्टि गर्न पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई चुनौती दिएको छ।

बुढीगण्डकी जलविद्युत आयोजना : मुआब्जा अन्तिम चरणमा, पुनर्वास र पुर्नस्थापना अन्यौलमै

बुढीगण्डकी जलविद्युत आयोजनाको डुबान क्षेत्रमा पर्ने जग्गाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । १२ सय मेगावाट क्षमताको जलविद्यूत आयोजना निर्माण गर्नको लागि ५८ हजार एक सय १३ रोपनी जग्गा अधिग्रहण गरि मुआब्जा वितरण गर्नुपर्ने थियो ।

‘बुढीगण्डकी प्रभावितले जनप्रतिनिधिलाई गाउँ जान निषेध गर्ने’

बुढीगण्डकी प्रभावित क्षेत्रका स्थानीयहरुले जनप्रतिनिधिहरुलाई गाउँ जान प्रवेश निषेध गर्ने भएका छन्।

मुआब्जा नतोकिँदा बुढीगण्डकी प्रभावित समस्यामा, आन्दोलनको घोषणा

राष्ट्रिय गौरवको जलाशययुक्त बुढीगण्डकी आयोजना प्रभावित क्षेत्रको घरजग्गाको मुआब्जा नतोकिदा स्थानीयहरु पीडित बनेका छन्। घरजग्गाको मुआब्जा नतोकिदा प्रभावित क्षेत्रमा पर्ने धादिङको आरुघाटको विशालनगर र खहरे, गोरखातर्फको आरुघाट र आर्खेतका स्थानीयहरु पीडित बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्