१३ आश्विन २०७९ बिहीबार

‘आकाश हेरेर सुत्ने समय यकिन हुन्छ’

आइतबार राति पनि महादेवलाई त्यस्तै भयो। दिनभर झरी परेपछि सो खोलाले दिउँसै बाटो मोडेको थियो। तल्लाबगणको अर्को छेउमा बग्ने खोलाले बस्तीतिर धार फर्काएको थियो। साँझ झिसमिसेमा भने पानीसमेत रोकिएर सुक्खा भइसकेको थियो।

बाढी विस्थापितलाई बस्न र खानको समस्या

वडाका एक सय परिवारको आश्रयस्थल त्यही विद्यालय बनेको छ। घर डुवानमा परेपछि ज्यान जोगाउन सुरक्षित स्थानमा स्थानान्तरण भएका स्थानीयलाई खाना र पानीको निकै समस्या भएको छ।

बाढीपहिरोको वितण्डा: अछाममा २१ को मृत्यु

सुदूरपश्चिम प्रदेशमा बिहीबारदेखिको अविरल वर्षाका कारण आएको बाढीपहिरोले धनजनको क्षति गरेको छ।

सुनार खोलामा पहिरो: कर्णाली राजमार्ग अवरुद्ध

सुनार खोलाको पहिरोको उचित व्यवस्थापन नहुँदा यो सडकमा यात्रा गर्ने यात्रुहरूले हैरानी खेप्दै आएका छन्।

दार्चुलामा बाढी: पाँच जनाको मृत्यु, १० जना बेपत्ता, ८ घाइते (अपडेट)

लास्कु नदीमा आएको बाढीका कारण महाकाली नगरपालिका–१ बस्ने मानमती कार्की र महाकाली नगरपालिका–२ बस्ने नन्दराम बोहराको मृत्यु भएको छ। त्यस्तै नौगाड गाउँपालिका–२, सल्लामा खसेको पहिरोले घर बगाउँदा स्थानीय जानकी ठगुन्ना, धनुली ठगुन्ना र मोहनराम पार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ।

दार्चुला बाढी अपडेट: पाँच जनाको मृत्यु,६ जना बेपत्ता

गए राति आएको पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका वडा नम्बर १ सल्लाका ३७ वर्षीया जानकी ठगुन्ना, १३ वर्षीया धनुली ठगुन्ना र वडा नम्बर २ का मोहनराम पार्कीको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख जगत गाहामगरले जानकारी दिए।

भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले देशभर आंशिकदेखि पूर्ण बदली रही प्रदेश नं १ र बागमती प्रदेशका थोरै स्थानका साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथ मौसम विज्ञान विभागले जनाएको छ।

पहिरोले पृथ्वीराजमार्गको जामुने–खैरेनी सडक अवरुद्ध

पृथ्वीराजमार्ग तनहुँको म्याग्दे गाउँपालिका–४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने–खैरेनी सडक अवरुद्ध भएको छ।

मध्यपहाडी लोकमार्ग अवरुद्ध भएसँगै सातवटा स्थानीय तहमा सम्पर्क टुट्यो

बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाको सिमाना नजिकै बोक्सेको खाल्टोमा पहिरो खसेका कारण सो सडकखण्ड अवरुद्ध भएको हो।

बाढीले पुल भत्कँदा आवतजावतमा सास्ती

अविरल वर्षासँगै आएको बाढीले लुङ्ग्री गाउँपालिकास्थित वोज्याङखोलामा पुल भत्कँदा आवतजावतमा स्थानीयवासीलाई सास्ती भएको छ।

प्रदेश १ः बाढीपहिरोको प्रकोप, ६ हजार बढी विस्थापित

विगत दुई दिनदेखिको अविरल वर्षाले प्रदेश १ मा बितन्डा मच्चाएको छ। प्रदेश १ का तराई क्षेत्रमा डुबान र नदी कटानको समस्या देखिएको छ भने पहाडी क्षेत्रमा पहिरोले क्षति पुर्‍याएको छ।

वर्षाले भोजपुरका पाँच स्थानीय तहको यातायात अवरूद्ध

दक्षिणी क्षेत्रमा पर्ने रामप्रसाद राई, हुतवागढी र आमचोक गाउँपालिका तथा उत्तरी क्षेत्रका षडानन्द नगरपालिका र साल्पासिछिलो गाउँपालिकाको यातयात सेवा बन्द छ।

चितवनका पचास हजार परिवार बाढीको जोखिममा

जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन्। जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्यांक सार्वजनिक गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्