२ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रविधि

जापानी युवती दिनमा ७ घन्टा मोबाइलमा

टोकियो-जापानमा हालै गरिएको एक नयाँ सर्वेक्षणमा उच्च माध्यमिक तहमा अध्ययन गर्ने युवतीहरुले एक दिनमा ७ घन्टासम्म मोबाइल प्रयोग गर्ने गरेका पाइएको छ। ती युवतीमध्ये करिब १० प्रतिशतले त दिनमै १५ घन्टासम्म पनि मोबाइल चलाउने गरेको सो सर्वेक्षणले देखाएको छ।प्रायः २० वर्षभन्दा कम उमेरका ती युवतीले भन्दा युवाहरुले कमैमात्र समय खर्चिने गरेका छन्। उनीहरुले भने दिनमा चार घन्टामात्र मोबाइल चलाउने गरेका पाइएको हो।
सूचना सुरक्षा नामक एक व्यावसायिक संस्थाले गरेको उक्त सर्वेक्षणमा पाइएको सो अवस्थाबारेको तथ्य सोमबार सार्वजनिक गरिएको हो। 
ती युवायुवतीहरुले सामाजिक सञ्जालमा आफ्नो मोबाइल फोनको प्रायोग बढी मात्रामा गर्ने गरेको पनि बताइएको छ।
जापानी तथा चिनियाँ युवायुवतीले पछिल्लो समयमा निकै धेरै मात्रामा मोबाइल फोनको प्रयोग गर्ने गरेको र यसका कारण उनीहरुमा इन्टरनेट वा सामाजिक सञ्जालको प्रयोगमा दुर्व्यसन बढेको भन्ने बारेका समाचारहरु आइरहेका बेला यो तथ्य बाहिर आएको छ। 
जापानी उच्च माध्यमिक विद्यालयमा अध्ययनरत ९६ प्रतिशत युवायुवतीले मोबाइल फोनको प्रायोग गर्ने गरेका जनाइएको छ। 
त्यसैगरी निम्न माध्यमिक तहका विद्यालयका विद्यार्थीहरुले भने ६० प्रतिशतले मात्र यो फोन प्रयोग गर्ने गरेका बताइएको छ।
दश वर्षको उमेरबाट नै जापानी बालबालिकाले मोबाइल फोन प्रयोग गर्ने गरेका बताइएको छ। सो उमेरका चारमा एकजना बालिबालिकाले यो फोन प्रयोग गर्ने गर्छन्।

प्रकाशित: २७ माघ २०७१ २१:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App