इतिहास बनिसकेको नोकिया ३३१० मोडल फेरी बजारमा आउने भएको छ। २६ फ्रेव्रुअरीमा हुने वर्ल्ड मोबाइल कांग्रेसमा नोकियाले ३३१० मोडललाई फेरि सार्वजनिक गर्न लागेको हो। उक्त फोन सेटको मुल्य करिब ६४ सय पर्ने अनुमान गरिएको छ।
यो फोन सेट पहिलो पटक सन् २००० मा सार्वजनिक भएको थियो। सुरुवाति दिनमा यो फोन निकै लोकप्रिय थियो। स्मार्टफोन आउन लागे पछि बिस्तारै बिस्तारै नोकिया ३३१० बजारबाट विस्थापित भयो।
पहिलो पटक यो फोन सेट प्रयोग गरेकाहरु यो खबरले 'नोस्टालोजिक' हुने छन्। सामाजिक सञ्जालमा समेत यसको चर्चा भइरहेको छ। -बीबीसी
प्रकाशित: ४ फाल्गुन २०७३ १०:५६ बुधबार