उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको उम्मेदवारी घोषणा
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले महासंघको आगामी महाधिवेसनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले महासंघको आगामी महाधिवेसनमा वरिष्ठ उपाध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका छन्।
बागलुङ उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि छैटौं बागलुङ महोत्सव सुरु हुँदै छ। प्रत्येक दुई–दुई वर्षमा सञ्चालन हुँदै आएको बागलुङ महोत्सव यस वर्ष पुस ११ देखि २० गतेसम्म सञ्चालन हुने भएको हो। बागलुङको कला, संस्कृति, पर्यटन र व्यापार–व्यवसाय प्रवद्र्धन गर्न महोत्सव गरिँदै आएको छ।
मिहिनेत गरे गाउँमै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण इँटा उद्योगमा काम गर्ने मजदुरले देखाएका छन्। राम्रो कमाइ गर्नका लागि विदेशै जानुपर्छ भन्ने सोचाईलाई मजदुरले हटाइदिएका छन्।
देशमाभर्खरै महाभूकम्प गएको थियो। मनिष रुंगटा, राजेश अग्रवाल, मनोज केडिया लगायतको टिमले कुनै फरक खालको उद्योग सञ्चालन गर्ने योजना बनाए। देशको भौगोलिक संरचना, स्रोत र साधनको अवस्था, मुलुकले आर्थिक विकासमा गर्दै गरेको संघर्ष समेटेर व्यावसायिक योजना बनाईव्यवसाय खोज्न उनीहरु जर्मनी पुगे।
नेपाल चामल, तेल, दाल उद्योग संघले उद्योग र व्यवसायमा देखा परेका नीतिगत तथा व्यवहारिक समस्याका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ। संघका केन्द्रीय अध्यक्ष सुबोधकुमार गुप्ताको नेतृत्वमा रहेको टोलीले अर्थमन्त्री युवराज खतिवडा र कृषिमन्त्री घनश्याम भुषाललाई बेग्लाबेग्लै ज्ञापनपत्र बुझाउँदै ध्यानाकर्षण गराएको हो।
भक्तपुरका इँटा उद्योगीले सरकारले स्वदेशी उद्योगलाई ध्यान दिन नसकेको भन्दै दुःख व्यक्त गरेका छन्। व्यापार घाटा डरलाग्दो रुपमा अगाडि बढे पनि सरकारले स्वदेशी उद्योग प्रवद्र्धनमा खासै चासो दिन नसकेको आरोप उनीहरुले लगाए।
पथलैया वीरगन्ज औद्योगिक करिडोर उद्योगहरुबाट डर धम्की दिएर अवैध असुली गर्ने आरोपमा चार जना पक्राउ परेका छन्। बारा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरका उद्योगहरुमा बम विष्फोट गर्ने भन्दै डर धम्की देखाई अवैध रकम असुली गर्ने आरोपमा चार जनालाई पक्राउ गरि सार्वजनिक गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले नेपाललाई चीन तथा समग्र दक्षिण एसियाकै व्यवसायिक हवको रूपमा विकास गराउनुपर्ने बताएकी छन्।
नेपाल–भारत उद्योग बाणिज्य संघ(निक्की)को अध्यक्षमा सृजना राणा निर्विरोध निर्वाचित भएकी छिन्। राणा यसअघि संघको उपाध्यक्ष थिइन्। बिहीवार राजधानीमा सम्पन्न संघको २५ औं वार्षिक साधारण सभाबाट रााणाको नेतृत्वमा नयाँ समिति चयन भएको हो।
व्यापारीहरुको छाता संगठन त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले कार्यवधि सकिएको ६ महिना बितिसके पनि अधिवेशन गर्ने टुंगो लगाएको छैन्।
करिब तीन दशकदेखि कपडा उद्योग सञ्चालन गरेका ५१ वर्षीय लोहियाले अर्बौं रुपैयाँ यसमा लगानी गरेका छन् । कपडा उद्योग टिक्न कठिन भएर सुनसरी औद्योगिक करिडोरका धेरै उद्योग बन्द भए पनि लोहियाले स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न लगानी थप्दै नयाँ प्रविधि भिर्याएर उद्योग सञ्चालन गरिरहेका छन् ।
नेपालमा लगानी गरेका विदेशी लगानीकर्तालाई मुनाफा लैजान उद्योग विभागले स्वीकृति दिएको छ। विगतमा मुनाफा लैजान नेपाल राष्ट्र बैंकको स्वीकृति लिनुपर्नेमा लगानीकर्ताको सहजताका लागि पहिलोपटक उद्योग विभाग अन्तर्गतको एकल बिन्दु सेवा केन्द्रले स्वीकृति दिन सुरु गरेको हो।
उद्योगी व्यवसायीहरुले मुलुकमा अझै पनि लगानीको वातावरण बन्न नसकेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २२ औं स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उद्योगीहरुले नीतिगत रुपमा लगानीको वातावरण बनेको भएपनि व्यवहारमा बन्न नसकेको गुनासो गरेका हुन्।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङले उद्योग र उद्यमशीलताको विकासबिना मुलुकको समृद्घि सम्भव नहुने बताएका छन्। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग बुधबार मन्त्रालयमा भएको छलफल कार्यक्रममा घरेलु तथा अन्य उद्योगको प्रवद्र्धन नभएसम्म विकासले गति लिन नसक्ने बताएका छन्।